अन्तर्राष्ट्रिय समाचार

पत्रकार सम्मेलनमै ट्रम्पले यस्तो अनौठो अभिव्यक्ति दिएपछि अमेरिकी जनता तिनछक

काठमाडौं । कोरोनासँग डराउदिन भन्दै बिभिन्न मास्क समेत नलगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी अर्को हास्यास्पद अभिव्यक्ति दिएका छन् । उनले कोरोना भाइरसको तत्काल चर्चहरू खोलेर प्रार्थाना जरूरी भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नु पर्ने बताए ।

‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन, उनले भने, ‘ तत्काल चर्चहरू सूचारू गरौँ ।’ अमेरिकामा कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन प्रतिबन्ध लगाइएका बेला ट्रम्पले यस्तो आह्वान गरेका हुन्। अमेरिकामा धेरै शक्ति राष्ट्रपतिमा केन्द्रित भए पनि चर्च खोल्न वा बन्द गराउन निर्देशन दिन सक्ने अधिकार राष्ट्रपतिमानिहित नभएको बताइन्छ । यसका लागि राष्ट्रपतिले राज्यपाललाई सहमत गराउनु पर्ने प्रावधान छ ।

ट्रम्प चर्च खोल्ने मात्र हैन लकडाउन नै हटाउने पक्षमा छन् । तर अरू सरोकारित निकायले लकडाउन खुकुलो पारिए महामारी अझ बढ्ने चेतावनी दिएपछि उनी हच्किदै आएका छन् । अमेरिकामा कोरोनाबाट १६ लाखभन्दा बढी संक्रमित भएका छन् भने ९७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसअघि ट्रम्पले ह्वाईट हाउसमा वैदिक शान्ति पाठ गराएका थिए। न्युजर्सीको बीएपीएस स्वामीनारायण मन्दिरका पूजारी हरीश व्रह्मभट्टले संस्कृतका श्लोक पढ्दै सहभागिहरूलाई पाठ गराएका थिए। कोरोना भाइरसको महामारीले सिर्जित समस्याबाट शान्ति प्राप्तिका लागि पाठ गरिएको उनले बताएका थिए । पुजारीले त्यतिबेला शुक्ल यजुर्वदका वैदिक मन्त्रहरुबाट प्रार्थना गरेका थिए ।

पूजारी भट्टले त्यहाँ उपस्थित सबैलाई श्लोकको ‘ट्रान्सलेट’ गरेर अंग्रेजीमा पनि सुनाएका थिए । साथै राष्ट्रपति ट्रम्पले प्रार्थना गरेकोमा पूजारी भट्टलाई आभार प्रकट गरेका थिए । कोरोना जोखिम कम गर्न लकडाउन गर्ने, उपचारको उचित प्रबन्ध गर्नेभन्दा पनि बिभिन्न प्रथाना गर्दै गराउदै हिडेपछि उनी कतिपयका लागि हास्यास्पद पात्र समेत बन्दै गएका छन् ।

विश्वभर २१ लाख ५० हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ५२ लाख ९७ हजार ६२६ मध्ये २१ लाख ५० हजार ३३२ जना संक्रमण मुक्त भएका हुन् ।

बितेको २४ घण्टामा ५ हजार २३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४०८ पुगेको छ । एकै दिन १ लाख ७ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । २८ लाख ७ हजार ८८६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५७४ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४१९ जनाको मृत्यु भएको छ । १८ लाख ६८ हजार १६६ जना संक्रमित भएकोमा ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ११ हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये ४ लाख ९९ हजार २६ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २६ हजार ६७४ जनाको मृत्यु भएको छ ।

९ लाख १२ हजार ३६ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९६३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २९ हजार ५०१ जनाको मृत्यु भएको छ । ५ लाख ७८ हजार १२५ जना संक्रमित भएकोमा २ लाख १८ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार २०४ जनाको ज्यान गएको छ भने १ लाख ५ हजार ८४३ जना संक्रमित छन् । संक्रमितमध्ये ४२ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२२ जनाको मृत्यु भएको छ ।

८ हजार ७०३ जना संक्रमित भएकोमा ८ हजार ३५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ४४ हजार ६४० जनामध्ये ३ लाख ९७ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।

Related Articles

Back to top button
Close