समाचार

रोजगार दिँदैमा राष्ट्रियता किनिँदैन मनिषा दिदी ! घर फर्कनु देशको आकार फेर्न लागौं

मनिषा दिदी फर्कनु घर देशको आकार फेर्न लागौं

मलिन नेपाली आमाको अनुहार चम्किएको हेर्न लागौं ’

तपाई हिन्दी सिने जगत की सफल अभिनेत्री मात्र नभएर नेपालको उच्च राजनीति संकामा हुर्किएकी होनहार छोरी हो । हामीले पनि देशको अस्थित्वमा हमला हुँदा धेरै नै रोयौं । करायौं । तर आवाज त के धेरै संघर्षको सुनुवाइ भएन । तर तपाईको एउटा ट्वीटले भारत हल्लियो १ हल्लिएन मात्र भारतीय केही मिडियाको नियत ।

मानिस श्रम, अय्ययन र व्यापारको लागि जुनसुकै भूगोल चयन गर्न सक्छ । हो तपाईले पनि पनि आफ्नो कलाकारिता वा अभिनयको लागि भारत रोज्नुभयो । सफल हुनुभयो । नेपालमै भएको भए पनि एउटा प्रतिभाशाली व्यक्तित्व जसरी अगाडि आउनु हुन्थ्यो । त्यसमा पनि नेपालका प्रजातन्त्रका योद्धा महामानव विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी । उच्च राजनैतिक संस्कारको मलजलले झनै टेवा पुग्ने थियो ।

तपाईले आफ्नो पेशाको धर्म निभाउनुलाई कसैको चाकडी हुन सक्दैन । देश लुट्दा त के देशको बारेमा नराम्रो बोल्दा पनि मन दुख्छ । तपाईको पनि दुख्नुपर्छ र दुख्यो । तर रोजगार दिँदैमा राष्ट्रियता किनिँदैन ।

‘मनिषा दिदी अब हामी पनि देशको आकार फेर्न लागौं

मलिन आमाको अनुहार चम्किएको हेर्न लागौं’

नेपालमा अझै पनि राम्रो राजनैतिक संकारको विकास हुन सकेको छैन । राजनीतिमा महिलाको भूमिका गौण छ। जसको कारण शिक्षा, संकार र संचार हो । देशको आन्तरिक र वाह्य कुरामा चासो राखी समय सापेक्षित विचारको माध्यमबाट समाज परिवर्तन गर्नु पनि छ।

आज मानिसमा धैर्यता हराउँदै गएको छ । ‘अल्पज्ञानी भयंकरि’ भनेझैं अल्पज्ञानले समाजलाई विचलनतिर धकलिरहेको छ। विरोध र समर्थनको होडबाजी छ । वस्तुस्थिति विषय वस्तुको ज्ञान त धेरै परको कुरा हो ।

सामाजिक संजाल असान्दर्भिक कुराले छाएको छ। राज्य संचालन जस्तो संवेदनशील कुरा पनि आग्रह र पूर्वाग्रहबाट ओतप्रोत छ भने प्रजातन्र र स्वतंत्रताको आवश्यकता र प्रयोगको कुनै लेखाजोखा छैन। संकृण सोच अध्ययनविहीन समीक्षा र अस्वस्थ्य प्रतिस्पर्धा जस्ता कुरा यसका कारक तत्व हुन् ।

प्रसंग सिमा विवाद र राज्यको उपस्थिति नै हो । सन् १८१४ देखि १८१६ सम्म भएको ब्रिटिश नेपाल युद्ध नेपालको लागि विश्वयुद्ध भन्दा दर्दनाक र तीतो रह्यो । सोही युद्ध साम्य पार्न नेपालले सुगौली सन्धि जस्तो असमान सन्धि संझौता गर्नुपर्यो ।

सन् १८१५ डिसेम्वर २ मा भएको उक्त सन्धिमा नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिश इन्डिया कम्पनीको तर्फबाट ब्रिटिश लेप्टिनेन्ट कर्नेल पेरिस वार्डसाले हस्ताक्षर गरेका थिए । तत्पश्चात सन् १८१६ मार्च ४ बाट उक्त सन्धि कार्यान्वयनमा आएको थियो ।

उक्त सन्धिपछि हाम्रा राजनैतिक वा राष्ट्रिय स्तरमा कुनै संझौता भएका छैनन् । नेपाल विश्व शान्ति संगठनको सदस्य राष्ट्र हुँदा पनि हाम्रो सिमा सम्बन्धिको अवधारणा सुगौली सन्धि नै हो ।

उक्त सन्धि आजको लागि असमान सावित भएता पनि त्यस समयको लागि सार्वभौम नेपाल निर्माणको आधार स्तम्भ मानिन्छ । नेपाल भौगोलिक हिसाबले भूपरिवेष्टित देश भएकोले चारैतिर जमिनको सिमानाको जोखिम उठाइरहनु परेको छ ।

सुगौली सन्धि पूर्व २०४०९१७ वर्ग किमी भूभाग सन्धि पश्चात् १४७१८१ वर्ग किमीमा खुम्चन वाध्य नेपालले आजसम्म पनि सिमा विवाद झेलिरहनु भारतीय विस्तारवाद र चिनियाँ साम्राज्यवादको हेपाइ र चेपाइ नै हो ।
नेपालको अस्थिर राजनैतिक धरातल र विषम परिस्थितिको परिपेक्षलाई मध्यनजर गरी भारतले सिमा स्तम्भ सार्ने भत्काउने गनिरहन्थ्यो नै तर यस अगाडि त नेपालको भूभाग नै गाभेर नक्सा सार्वजनिक नै गर्यो ।

त्यस समयदेखि तातेको सिमा विवाद गत साता गरेको नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक उद्घाटनले भारतको नियत र नेपाल भूमि अतिक्रमण अन्तराष्ट्रिय जगतमा पनि उदांगो भएको छ ।

नोवेल कोरोना भाइरसबाट विश्व मानव समुदाय आक्रान्त बनेको विषम परिस्थितिमा भारतको उक्त कदमको निन्दा होइन दण्डित हुनुपर्दछ। ५ जेठ २०७७ मा नेपालको मन्त्रिपरिषदले नेपालको जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्ने निर्णय गर्नु अत्यन्त साहसिक र प्रसंसनीय कदम हो ।

साथै त्यस लगत्तै गरिएको नक्सा सार्वजनिकीकरणले देशप्रेमी नेपालीहरुमा आशाको किरण पलाएको छ। उक्त निर्णयलाई चौतर्फी समर्थन भइरहेको परिप्रेक्षमा भारत भने रुस्ट बनेको छ।

यसबाट के प्रस्ट हुन्छ भने नेपाली भूमि अतिक्रमण गर्नु भारतको नियत हो । यसबाट माथि उठ्न नेपालका राजनैतिक पार्टी विज्ञ तथा कुटनैतिक नियोग एकै ठाउँमा उभिएर प्रमाण सहित प्रस्तुत हुन आवश्यक देखिन्छ।

तर सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउनको लागि अपवाह हल्लाभन्दा बरु भारतसंगको वार्तालाई निचोडमा पुर्याएर भूभाग सहितको नक्सा र सिमामा नेपाल सैनिकको साथमा नेपालको झण्डा फहराएको हेर्न आ– आफ्नो ठाऊँवाट पहल गर्ने कि ।

मनिषा दिदी राम्रो उदाहरण बनिरहनु भएको छ । जसले कुनै नराम्रो कुरा गरेर होइन कर्मभूमिबाट जन्मभूमिमा राष्ट्रियताको पक्षमा भएको निर्णयको स्वागत गरेकोमा यति सामान्य र नैसर्गिक हकको पक्षमा भारतीय मिडियाले उहाँप्रति गरेको प्रस्तुतिले यो भन्न मन लाग्यो ‘दिदी हाँसी हाँसी आउनुस् नेपालसंगै देशको मुहार फेरुँला।’

जय नेपाल !

जय मातृभूमि!

Related Articles

Back to top button
Close