समाचार

प्रधानमन्त्री ओलीलाई १ करोड पुरस्कार दिने क्रिश्चियन गुरुआमालाई ६ वर्षको जेल सजाय

काठमाडौं । केही महिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई ‘होली वाइन’ खुवाएको विषयले राजनीति खुबै ततायो । अझ त्यसमाथि प्रधानमन्त्री ओलीलाई एक करोड पुरस्कार दिएको विषयले नै सरकार र सत्तारुढ दल नेकपा आलोचित भयो । काठमाडौंको ह्यात रिजेन्सी होटेलमा आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री ओली, मन्त्रीहरु, सांसददेखि स्थानीय तहका जनप्रतिनिधिहरुलाई सामूहिक होली वाइन खुवाइएको विषयले निकै चर्चा पायो । तर, अहिले नेपाली नेताहरुलाई होली वाइन खुवाउने क्रिश्चिय गुरुआमा शिन ओकजुलाई ६ वर्षको जेज सजाय सुनाइएको छ ।

फिजीमा आफ्नै अनुयायीहरुलाई बन्धक बनाएको र हिंसाको अधिनमा राखेको आरोपमा उनलाई जेल सजाय तोकिएको हो । गएको जुलाइमा पक्राउ परेकी ग्रेस रोड चर्च स्थापना गर्ने शिन ओकजुले २०१४ मा चार सय व्यक्तिलाई यातना दिएको बताइएको छ ।सोमबार दक्षिण कोरियाली अदालतले उनलाई हिंसा, बाल दुर्व्यवहार र धोखाधडी जस्ता धेरै आपराधिक आरोपहरूमा दोषी सावित गर्दै जेल सजाय तोकिएको हो ।

‘धर्मको नाममा हुने गैरकानुनी कारबाहीकोबिरूद्ध भारी सजाय अपरिहार्य छ,’ फैसलामा भनिएको छ। पाँच अन्य चर्चका अधिकारीहरूलाई पनि सजाय सुनाइएको छ । ग्रेस रोड चर्च मुख्य कोरियन दक्षिण कोरियाली ईसाई समूहहरू द्वारा धार्मिक रूपमा वर्णन गरिएको छ। शिनले प्रचार गरे कि विश्वव्यापी अनिकाल नजिकै छ तर उनी र उनका अनुयायीहरू फिजीमा सुरक्षित रहनेछन्।

Related Articles

Back to top button
Close