Tuesday, February 18

इरानले अमेरिकामाथि फेरि थाल्यो रकेट आ’क्रम’ण

January 13, 2020 290

काठमाडौं । लामो समय देखि अमेरिका र इरानको सम्बन्ध त’नावग्रस्त बन्दै आएको छ । यो बीचमा इराकस्थित अमेरिकी एयरबेसमा फेरि इरानले आ’क्रम’ण गरेको छ ।

इराकको अल बलदमा रहेको अमेरिकी एयरबेसमा आठवटा रकेटहरुले आ’क्रम’ण गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले दावा गरेका छन् । घटनामा चारजना घाइते भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । घाइतेमध्ये दुई इराकी अधिकारी र दुई एयरमेन रहेका छन् ।

जानकारी अनुसार अल बलद बेस अमेरिकी वायुसेनाको मुख्य अड्डा हो । इराकले आफ्नो एफ १६ लडाकू विमान पनि यँही राख्दै आएको थियो । इरान र अमेरिकाबीच तनाब बढेकै बेला अमेरिकी सैन्य अड्डामाथि लगातार ह’मला भएको हो । समाचार एजेन्सी एएफपीका अनुसार यस ह’मलाको कसैले जिम्मेवारी लिएको छैन ।

Loading...

प्रतिकृया दिनुहोस्