समाचार

‘कालापानी नेपालकै हिस्सा हो, राजा महेन्द्रले भारतीय सेना बस्न दिएका थिए’ : भारतीय पत्रकार आनन्द स्वरुप

काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि च’र्किएको वि’वादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन्। भारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उनले यस्तो बताएका हुन्। भारतीय अ’तिक्र’मणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गरेका हुन्।

यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि उनले बताएका छन्। ‘कालापानी नेपालको हिस्सा हो,’ पत्रकार बर्माले भनेका छन्,’ सन् १९६२ मा चीनसँग यु’द्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो,’ उनले भने, ‘तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो।’ कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो वि’वाद रहेको समेत उनले बताएका छन्।

यो विषय बारम्बार चर्चामा रहेको उनले बता। ‘दुवै देशका सरकारले यसको समाधानका लागि विलम्ब गरेका छन,’ उनले भनेका छन्,’ वार्तामा बसेर यसको समाधान गर्नुपर्छ। नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ उनले भारतले हे’पाहा व्यवहार गरिरहे नेपाल कतै ढ’ल्किन सक्ने पनि बताएका छन्।’नेपाल चीनतर्फ ढ’ल्किरहेको भारतले सोचेको छ,’ उनले भनेका छन्,’ दुवै छिमेकी राष्ट्र हुन्।

चीन र भारत। भारतले सधैँ यस्तो व्यवहार गरेमा नेपालले सहयोगको लागि कतै न कतै हात फैलाउनु पर्ने अवस्था आउँछ।’ आजतक रेडियोको उक्त पोडकास्टमा नेपाली भूमिमा भारतीय सैनिक बसेकाले अब यसलाई वार्ताद्वारा समाधान गर्नुपर्नेमा जोड दिइएको छ। यदि भारतले ढिला गरे नेपाफ चीनको पोल्टामा पुग्ने चि’न्ता पनि जाहेर गरिएको छ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Related Articles

Back to top button
Close