समाचार

भारतीय पत्रकार भन्छन्, ‘कालापानी नेपालकै हो, मनिषामाथिको ह’मला भारतीय मिडियाको बौद्धिक दरि’द्रता’

काठमाडौं । भारतका एक जना वरिष्‍ठ पत्रकार तथा वाम विश्लेषक आनन्द स्वरुप बर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको बताएका छन्। भारतीय एक रेडियोसँगको कुराकानीमा उनले कालापानी नेपालकै भएको र सन १९६२ मा चीनसँग यु’द्ध हुँदा राजा महेन्द्रले केही समयका लागि बस्न दिएको बताएका छन्। पुरानो यो वि’वादलाई लिएर अहिलेको अवस्था सिर्जना भएको भन्दै उनले संवा’दमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। भारतको हेपा’हा प्र’वृत्ति जारी रहे नेपाल चीन तर्फ ढल्क’न सक्ने पनि पत्रकार बर्माले बताएका छन्।

पत्रकार बर्मासँगको रेडियोको कुराकानी यहाँ सुन्न सकिन्छ।

यस्तै, पत्रकार बर्माले अर्को प्रसङ्गमा अभिनेत्री मनिषा कोइरालामाथिको भारतीय मिडियाको आक्र’मणको वि’रोध गरेका छन्। एउटा लेख मार्फत पत्रकार बर्माले भारतीय च्यान’लहरुको बौ’द्धिकतामाथि प्रश्न उठाएका छन्।

यस्तो छ पत्रकार बर्माको लेखको भावानुवाद:

‘यो हिजोको कुरा हो। टिभी स्क्रिनमा ठूला अक्षरमा आइरहेको थियो ‘भारत का खाओगी, चीन का गाना गाओगी?’ त्यसपछि एबीपी न्यूजका ३ एंकरहरुको अभिनेत्री मनिषा कोइरालामाथि हमला सुरु हन्छ। यी एकंरहरु तीनै हुन जसले हरेक दिनको बिहान ‘नमस्ते भारत’ नामक कार्यक्रम चलाउँछन्। सन्दर्भ थियो,कालापानी, लिम्पीयाधुरा र लिपुलेकलाई आफ्नो भूमी उल्लेख गर्दै नेपालको निर्णय बारे नेपाली विदेश’मन्त्री प्रदीप ज्ञवालीको ट्विटमा मनिषाले रिट्वीट गरेको।

जसमा मनीषाले लेखेकी थिइन् ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राखेकोमा धन्यवाद। अब तीन महान देशहरू बीच शान्तिपूर्ण र मर्यादित वार्तालापको लागि अपेक्षा।’ त्यति नै थियो मनिषाको ट्विट। अत्यन्तै शालीन भाषामा गरिएको यो टिप्पणी कुनै एक नागरिकको आफ्नो देशको सार्वभौमिकता र आत्म’सम्मानप्रतिको भ’द्र नमुना हो।

 

Related Articles

Back to top button
Close