Banner newsसमाचार

जन्माएर आफ्नै आमाले नालिमा फालेको शिशुलाई कुकुरले उद्दार गरेर बचायो

एजेन्सी । भारतको हरियाणास्थित एक अनौठो घटना सार्वजनिक भएको छ । भर्खरै जन्मिएकी शिशुको अनौठो तरिकाले एउटा कुकुरले उद्धार गरेको समाचार छ । दैनिक भास्करमा प्रकासित समाचार अनुसार एक महिलाले आफैँले जन्माएको सन्तानलाई प्लास्टिकको झोलामा बेरेर नालीमा फालिदिएकी थिइन् । केही घण्टामै एउटा कुकुरले ती बालिका राखिएको प्लास्टिक च्यापेर ल्यायो । बाहिर ल्याउँदा ती बालिका जीवीतै थिइन् । कुकुरले भने ती बालिकालाई बाहिर ल्याएपछि भुक्न थालेको थियो ।

कुकुरको भुकाइ सुनेर स्थानीयहरु त्यहाँ भेला भएका थिए । प्रहरीको पहलमा ती बालिकालाई अस्पताल पुर्याइएको छ । अहिले ती बालिकाको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । प्रहरीका अनुसार ती बालिका चिकित्सकको निगरानीमा छिन् । खासमा उक्त घटना डोगरा सहरको हो । जुन सिसिटिभीमा समेत कैद भएको बताइएको छ ।

भारतीय मिडियाका अनुसार ती महिलाले बिहानै सवा ४ बजे बालिकालाई नालीमा फलिदिएकी थिइन् । केही मिनेटपछि नै केही पर घुमिरहेको कुकुरले ती बालिकालाई सुँघ्दै पत्ता लगाएर उद्दार गरेको हो ।

Related Articles

Back to top button
Close