समाचार

गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले यसरि गर्यो अन्तिम संस्कार !

गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा निधन भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफलपछि आज अपराह्न पौने २ बजे बुटवलदेखि पूर्वतर्फको जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

यही जेठ १ गते उपचारका लागि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल भर्ना हुनुभएका उहाँको जेठ ८ गते बिहान ७ बजेर १० मिनेटमा निधन भएको प्रदेश नं ५ सामाजिक बिकास मन्त्रालयले पुष्टि गरेको थियो ।

अस्पतालले शव उठाउने प्राविधिक छैनन भन्ने र आफन्तले अस्पतालले उपचार नगरेर निधन भएको भन्ने बिवादकाबीच निधन भएको ३० घण्टा सम्म शव उठाउन सकिएको थिएन । नेपाली सेना र प्रहरिको टोलीले केहीबेर अघि अस्पतालबाट शव लिएर गएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । आफन्तले भने शव बुझ्न सहमति नजनाएको बताएका छन ।

अस्पतालले शव उठाउने प्राविधिक छैनन भन्ने र आफन्तले अस्पतालले उपचार नगरेर निधन भएको भन्ने बिवादकाबीच निधन भएको ३१ घण्टा सम्म शव उठाउन सकिएको थिएन । नेपाली सेना र प्रहरिको टोलीले केहीबेर अघि अस्पतालबाट शव लिएर गएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । आफन्तले भने शव बुझ्न सहमति नजनाएको बताएका छन ।

अस्पतालले हस्ताक्षर गर्न भनेर भनेको तर आफूहरुले हस्ताक्षर गर्न नमानेपछि शव उठाएर लिएर गएको मृतकका भाईले बताए । तर अस्पतालले परिवारलाई निधनको प्रमाणपत्र भने थमाएको छ । आफन्तको मागका बिषयमा पछि छलफल गर्ने सहमति भएको बताइएको छ । नेपाली सेनाको टोलीले शवलाई तिलोत्तमा नगरपालिकाको जंगलमा कोरोना निधन निर्देशिका अनुसार अन्त्येष्टि गरेको छ ।

मृतककी श्रीमतीले अस्पतालको लापरवाहीले श्रीमानको ज्यान गएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा छानविनको माग सहित निवदेन दिने तयारी गरेकी छन् । मृतकका आफन्तले अस्पतालको लापरबाहीले निधन भएको भन्दै छानविन नभएसम्म शव नबुझ्ने अडान लिदै आएका थिए । परिवारले कोरोना पुष्टि भएपछि अस्पताले उपचार नै नगरेको आरोप लगाएका छन । तर अस्पताल प्रशासनले भने उपचारमा कुनै कसर बाँकी नराखेको दावी गरेको छ ।

Related Articles

Back to top button
Close