Saturday, April 4

ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेपछि चीनद्वारा अमेरिकी पत्रकारलाई देश निकाला

March 19, 2020 115

एजेन्सी। कोरोना भा’इरसले चीनमा प्रभाव पारेको बेलामा चीन विरु द्ध भ्रम फैलाउने समाचार लेखेको आ’रोपमा चीनमा बसेर पत्रकारिता गर्दै आएका अमेरिकी पत्रकालाई देश निकाला गर्ने भएको छ । उनीहरुको पत्रकारको लाइसेन्स फिर्ता लिएर देश निकाला गर्ने भएको हो । अन्तराष्ट्रिय समाचार संस्थाले तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला गर्ने भएको भन्दै समाचार प्रकाशन गरेका छन् ।

चीनको विदेश मन्त्रालयले बुधबार अमेरिकी पत्रिकाहरु न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वाशिंटन पोष्टका अमेरिकी पत्रकारहरुलाई १० दिन भित्र पत्रकारिता अनुमतिपत्र फिर्ता गरी देश छाड्न निर्देशन जारी गरेको जनाइएको छ । यि तीन पत्रिकामा काम गर्ने १३ पत्रकारहरु अब देश निकालामा पर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयले देश निकाला गरिने पत्रकारको संख्या भने उल्लेख गरेको छैन ।

कागजात खोसिएका पत्रकारहरुले चीनको विशेष प्रशासन क्षेत्र मकाउ र हङकङमा बसेर पनि पत्रकारिता गर्न पाउने छैनन् । चीनमा आधारित रही पत्रकारिता गर्दै आएका विदेशी पत्रकारको समूह फोरेन करेस्पोन्डेन्ट क्लब अफ चाइनाले भने चिनियाँ कदमको आ’लोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि चिनियाँ कदमलाई दुर्भाग्यपूर्ण भन्दै यसबाट पछि हट्न चीनलाई आग्रह गरेका छन् ।

यसअघि पनि चीनले चिन वि रुद्ध घृ णा फैलाउने लेख लेखेको भन्दै तीन पत्रकारलाई देश निकाला गरेको थियो । यससँगै अमेरिकाले चिनियाँ सञ्चारमाध्यमहरुलाई विदेशी निकायहरुजस्तै दर्ता हुनुपर्ने प्रावधान लागू गरेको थियो । पछिल्लो समय चीन र अमेरिकाबीच कोरोना भा’इरसका विषयलाई लिएर बाकयु द्ध च र्कि रहेका बेला चीनले अमेरिकी पत्रकारहरुको कागजात खोस्ने निर्णय गरेको हो ।

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट शुरु भएको कोरोना भा’इरसलाई ‘चिनियाँ भा’इरस’ भनेपछि चीन क्रु द्ध बनेको थियो । त्यसको केही दिनअघि चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ताले वुहान शहरमा कोरोना भा’इरस ल्याउन अमेरिकी सेनाको हात रहेको हुनसक्ने आ’रोप लगाएका थिए ।

दुई मुलुकहरु एक–अर्काका सञ्चारमाध्यमलाई पनि शं’काको दृष्टिले हेर्दै आएका छन् । चीनले निकै लामो समयदेखि अमेरिकी सञ्चारमाध्यमले चीन वि रोधी भावना फैलाउने गरी समाचार सार्वजनिक गर्ने गरेको आ’रोप लगाउँदै आएको छ । अर्कोतर्फ अमेरिकाले भने चिनियाँ सञ्चारमाध्यमहरुले चिनियाँ कम्युनिष्ट पार्टीको प्रोपागाण्डा गर्ने गरेको आ’रोप लगाउने गरेको छ ।

एक वर्ष देखि चीन र अमेरिकाबीच ब्यापारीक यु द्ध चल्दै आएको छ । कोरोना भा’इरसको प्रभाव पछि चीन र अमेरिकाबीच एक अर्कालाई आ’रोप प्र’त्यारोप गर्ने प्रवृत्ति बढेको छ । चीनले सुरुमै कोरोनाको प्रभाव रोक्ने आवश्यक कदम नचालेका कारण विश्वभर यसले प्रभाव फैलाएको भन्दै अमेरिकाले आ’लोचना गर्दै आएको छ । यता चीनले भने अमेरिकी सेनाले चीनमा कोरोना भा’इरस ल्याएको आ’रोप लगाएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्