समाचार

नेपालमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि, यससँगै संक्रमितको संख्या ५०७

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड(१९) कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र वैतडीमा पनि कोरोना पुष्टि भएको छ । डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ(१ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

नेपालमा २० जना कोरोना पुष्टि हुँदा बाँकेमा मात्र १४ जना थपिएका छन् । बाँकेको १ राप्तीसोनारी र १३ जना नरैनापुरका कोरोना पोजेटिभ थपिएका हुन् । नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै बाँकेका चार वटा स्थानीय तहमा कोरोना पोजेटिभ भेटिइसकेका छन् । बाँकेमा कुल संक्रमितको संख्या १ सय १५ पुगेको छ । एकको कोभिडका कारण निधन भैसकेको छ । बाँकेमा २१ जना निको भएर शुक्रबार नै घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close