समाचार

खाडीका देश र मलेसियाबाट नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी यस्तो छ

कति जना स्वदेश आउन चाहन्छन्कु वेतबाट तत्कालै आममाफीमा सहभागी भएका, करार अवधि र भिसा सकिएका, बिदामा बस्ने र अन्य गरी झण्डै ८ हजार जना फर्कन सक्ने अनुमान छ। दूतावासमा नियमित आउने फोन, जिज्ञासा र अहिलेको परिस्थितिलाई मध्यनजर गर्दा यो सङ्ख्या अनुमान गरिए पनि सङ्ख्या अझ बढ्न सक्ने देखिन्छ। अनलाइन र अन्य माध्यमबाट कुवेतस्थित दूतावासमा झण्डै १३ सय जनाले आफ्नो विवरण टिपाएका छन्। उनीहरूमध्ये आधा नेपाल फर्कन चाहन्छन्।कतारमा अनलाइन र फोन लगायतका माध्यमबाट ६ हजार जनाले दूतावासमा विवरण टिपाएका छन्। उनीहरूमध्ये धेरै जनाको चाहन स्वदेश फर्कने छ।

दूतावासका अनुसार कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन्। त्यसैले घर फर्कन चाहना राख्दै फारम भर्नेको सङ्ख्या विस्तारै बढ्न सक्ने राजदूतावासको अनुमान छ।साउदीबाट तत्कालै ८ हजारदेखि २० हजारको सङ्ख्यामा नेपालीलाई फर्काउनुपर्ने हुन सक्ने साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतको भनाई छ। दूतावासमा विभिन्न माध्यम मार्फत १० हजारभन्दा धेरैले आफ्नो विवरण टिपाएका छन्। उनीहरूमध्ये धेरैको चाहना घर फर्कन पाउँ भन्ने रहेको राजदूत सिंहको भनाइ छ।ओमानबाट भिसा, करार र कोरोनाको कारण रोजगारी गुमाएर ३५ सय नेपाली फर्कन सक्ने सरकारी अनुमान छ।

मलेसियामा अनलाइन र फोन लगायतका माध्यमबाट ६ हजारभन्दा धेरै नेपालीले दूतावासमा विवरण टिपाएका छन्। यसमध्ये आधाले घर फर्कने इच्छा राखेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डले बताउनुभयो। भिसाको म्याद सकिएका, आममाफीमा सहभागी भएका र कोरोनाको कारण रोजगारी गुमाएर मलेसियाबाट ३७ हजार नेपाली फर्कन सक्ने सरकारी अनुमान छ।खाडीका ६ देश र मलेसियाबाट मात्रै ४ लाख ७ हजार नेपाली फर्कन सक्ने सरकारी अनुमान छ।नेपाल ल्याउन सरकारी तयारी के छ?

आउने चाहना धेरैले राखेपनि पहिलो चरणमा अति नै समस्यामा परेमा २५ हजार जनालाई ल्याउन सकिने र त्यही अनुसारको तयारी भइरहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भनाई छ।समस्यामा परेका र अत्यधिक अप्ठ्यारोमा परेकाहरूलाई प्राथमिकतामा राखेर ल्याइनेपहिलो चरणमा विभिन्न देशमा अवैधानिक तरिकाले बसिरहेका र सम्बन्धित देशको आममाफी प्रक्रियामा समावेश भएर आममाफी पाएका, रोजगाीर गुमाएका, करार सकिएका, गर्भवती र बिरामीहरूलाई ल्याइनेकोरोनाबाहेक

अन्य रोग लागेकाहरू र छोटो समयको भिजिट भिसा भएकाहरू पनि प्राथमिकतामाविदेशमा समस्यामा पर्नेहरूको वर्गीकरणसँगै उनीहरुको स्वदेश फिर्ताका लागि प्रदेश अनुसार फोकल पर्सन समेत तोकिएकोल्याइने संख्या अनुसार क्वारेन्टाइनको व्यवस्थापन भैरहेकोपैसा तिर्न सक्नेहरुले आफ्नै खर्चमा बस्छु भनेमा होटलमा राख्ने तयारीखर्च व्यहोर्न सक्नेहरूको लागि छुट्टै व्यवस्था गरिने स्रोत: उज्यालो अनलाइन

Related Articles

Back to top button
Close