भिडियो

मनिषाको सपोर्टमा खरो बोलिन पुजाले,मनीषा दिदीले भारतको नुन भिख मागेर खानु भएको हैन (भिडियो हेर्नुहोस)

नेपालले लिम्पुयाधिरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विषयमा ट्वीट गरेपछि नायिका मनिषा कोइराला विवादमा तानिएकी छिन् ।भारतीय मिडियाहरुले उनको आलोचना गरेपनि नेपालीहरुले भने उनलाई साथ दिँदै प्रसंशा गरिरहेका छन् । नेपालको नयाँ नक्सा जारी भएपछि अभिनेत्री मनिषा कोइरालाले नेपालको प्रयास सकारात्मक भएको बताउँदा भारतीय मिडियाहरु उनीमाथि नै खनिएका छन् । उनले ट्विटमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडियाले उनलाई ‘खाते भारतका और गाते चीनका’ भन्दै तुच्छ गालीगलौज गरेका छन् ।

भारतीय मिडियाले मनिषाको विरोध गरेपनि नेपाली कलाकारहरुले भने उनको साथ दिइरहेका छन । यसैक्रममा अभिनेत्री पुजा शर्माले सामाजिक सञ्जालमा मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएको बताएकी छिन् ।उनले फेसबुकमा एक स्टाटस लेख्दै बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेको र कसैको कृपा र परोपकारले उनी बलिउडमा नछाएको बताएकी छिन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close