Friday, February 28

भारतमा भर्खर इन्जिनिएर सकेर आएका थिए दिलीपलाइ टिपरले किचेर ह’त्या, परिवारलाई पाँच लाख दिइने

January 13, 2020 233

प्रदेश नं २ सरकारले नदीजन्य पदार्थ उत्खननवि’रुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ । नदीजन्य पदार्थ उत्खननवि’रुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार दिलीपको ह’त्या भएको थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृ’तक परिवारलाई सो रकम दिने निर्णय गरेको बताउनुभयो । प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको ह’त्यामा स’ङ्लग्न अभियुक्तमाथि क’डा का’रवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । मुख्य न्यायाधिवक्ता झाले भन्नुभयोे, “अभियोजनकर्ताले कर्तव्य ज्या’नमा मु’द्दा चलाई स’र्वस्वसहित जन्मकै’दको मा’गदाबी गर्ने वातावरण बनेको छ ।” उहाँले चुरेको दो’हन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानूनको मस्यौदासमेत तयार भएको जानकारी दिनुभयो । रासस

Loading...

प्रतिकृया दिनुहोस्