समाचार

‘ मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् ’ – अभिनेत्री ऋचा शर्मा

काठमाडौं। नेपालले लिम्पुयाधिरासहितको भूभाग आफ्नो रहेको बताउदै नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले भारतमा हलचल मच्चिएको छ । नेपालको नयाँ नक्सा जारी भएपछि अभिनेत्री मनिषा कोईरालाले नेपालको प्रयास सकारात्मक भएको बताउदा भारतिय मिडियाहरु उनीमाथि नै खनिएका छन्।

उनले ट्विटमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडियाले उनलाई ‘खाते भारतका और गाते चीनका’ भन्दै तुच्छ गालीगलौज गरेका छन्। नक्सा सार्वजनिकपछी मनिषाले दिएको अभिव्यक्तिको समर्थनमा यतिबेला नेपाली कलाकार एकपछी अर्को गर्दै आएका छन्।

यसैक्रममा चर्चित अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएको बताएकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै उनले मनीषा बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेको र कसैको कृपा र परोपकारले उनी बलिउडमा नछाएको बताएकी छिन्।
उनले लेखेकी छिन् – चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’–– मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् ।
कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन्।
प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन।

म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।
तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन्।

Related Articles

Back to top button
Close