समाचार

वडा कार्यालयमा आगजनी गरेको आरोपमा विप्लव समूहका तीन जना पक्राउ

रौतहट / चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले हातहतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ तीनै जनालाई बिहीबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ परेको उनीहरुका साथ बाट अपराधिक गतिविधिमा प्रयोग भएको मोवाईल, ना ३६ प २८१३ नम्बरको होण्डा मोटरसाईकल, एक थान सेमी अटोमेटिक चाइनिज पेस्तोल (पाँच थान गोली सहित), एक नलकटुवा पेस्तोल र सो को तीन थान गोलीसहित चन्दा मागको पर्चा बरामद भएको छ ।

मंगलबार राती आगजनी भएको सो वडा कार्यालयको घटनामा संलग्न रहेको भन्दै चन्द्रपुर नगरपालिका–४ का रेहान तमाङ् भन्ने रामबहादुर घिसिङ्, सोही वडाका मानवहादुर वाइवा र वडा नम्बर ३ गैंडाटारका ५५ वर्षिय रेवप्रसाद मैनाली पक्राउ परेको इप्रका चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए ।

यता जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कार्कीले पक्राउ परेका उपर अपराधिक प्रवेश तथा अपराधिक उपद्रो सम्बन्धि वा हातहतियार तथा खरखजाना सम्बन्धि मुद्दा लगाई अनुसन्धान हुने बताउनु भयो । पक्राउ परेका तीनै जना विप्लव समूहमा आवद्ध रही लामो समयदेखि क्रियाशील रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको इप्रका चन्द्रनिगाहपुरले जनाएको छ ।

उनीहरुले चन्द्रपुर नपा–३ मा रहेको एनसेल मोबाईल टावरमा आगजनी गरेको र विप्लवको २०७६ बैशाख ५ गतेको नेपाल बन्द कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको धन्सार सडक खण्डको रुख ढाली पाँच वटा सवारी साधनमा क्षति पु¥याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

Related Articles

Back to top button