समाचार

कतारमा एक नेपालीलाई गो ’ ली हा ’ नेर मृ ’ त्युद ’ ण्ड दिइयो

काठमाडौँ। कतारमा एक जना नेपालीलाई मृ त्युद ण्ड दिइएको छ । महोत्तरीको औराही–१,का अनिल चौधरीलाई गो ली हानी मृ त्युद ण्ड दिइएको हो ।अनिल चौधरीलाई सुनाइएको सजाय कार्यन्वयन गराइएको भनेर कतार सरकारले एक महिनाअघि जानकारी पठाएको दोहास्थित नेपाली दूतावासका एक कर्मचारीले बताए ।

उनकाअनुसार चौधरीलाई मृ त्युद ण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइए पनि कुन मितिमा भन्नेबारे जानकारी दिइएको छैन । दूतावासले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएकाे छ । चौधरी एक कतारी नागरिकको ह त्याको आरोपमा गत २०१७ अप्रिलको पहिलो हप्ता प’क्रा’उ परेका थिए । चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दो’षी ठ’हर गर्दै मृ त्युद ण्डको फैसला सुनाइएको थियो ।

कतारमा नेपालीलाई मृ त्युद ण्ड दिइएको यो पहिलो घ’टना हो । कतारमा मृ त्युद ण्ड पाएका नेपालीहरु अरु पनि भए पनि अरुको मृ त्युद ण्डको सजाय कार्यान्वयन भइसकेको छैन । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृ त्युद ण्डलाई कार्यान्वयन गरेको हो । कतार सरकारले उनको श’व नेपाल ल्याउन अनुमति दिएको दूतावासले बताएको छ ।

Related Articles

Back to top button
Close