समाचार

नेपालमा कोरोना सं,क्र,मि,त ब,ढि,र,हेका बेला राजधानी काठमाडाैंबाट आ,यो यस्तो खुसीको खबर, हेर्नुहोस बिस्तृतमा

काठमाडौं । यतिबेला देशभर कोरोना भाइरसका सं,क्र,मि,त बढ्दै गाइरहेका छन् । पछिल्लो समय कोरोनाले नेपालमा ३ जनाको मृ,त्यु भईसकेको छ । यस्तो समयमा कोरोना संक्रमित निको हुनुलाई आम नेपालीले सुखद रुपमा बुझेका छन् । संक्रमण बढिरहेको अवस्थामा संघीय राजधानी काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस सं,क्र,मि,त बिहीबार डिस्चार्ज भएका छन् ।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् । अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला छन् । टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका सं,क्र,मि,त पुरुष सशस्त्र प्रहरी हुन् ।

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्की एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन । उनीहरु नवौं दिनमा डिस्चार्ज भएका छन् । अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेको उनले जानकारी दिए । यो चार जनासंगै कोरोना भाइरसको सं,क्र,म,ण,को उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेस्ट हाउस क्‍वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्‍वारेन्टाइन कचनकवल झापामा रहेका थिए ।

सं,क्र,म,ण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण गरिएको छ ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मी संक्रमणको उच्‍च जोखिममा कोरोना भाइरस रोग (कोभिड–१९) को बढी जोखिममा स्वास्थ्यकर्मी परेका छन् । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका हुन् । स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मी, सञ्चारकर्मी र सवारी चालकहरू जोखिममा देखिएका छन् ।

‘हालसम्म कोरोनासँगको लडाइँको अग्रमोर्चामा खटिएका २ जना चिकित्सकसहित १० स्वास्थ्यकर्मीमा सं,क्र,म,ण देखिइसकेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कान्तिपुरसँग भने, ‘हाम्रा सबै चिकित्सक र चिकित्साकर्मी आफ्नो ज्यान दाउमा लगाएर दिन रात खटिइरहेका छन् ।’ बुधबार थप १ जना चिकित्सकमा संक्रमण पुष्टि भएको छ । मंंगलबार कपिलवस्तुलगायत तराईका विभिन्न जिल्लामा कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका १ जनामा सं,क्र,म,ण देखिएको थियो ।

इन्टरनेसनल काउन्सिल अफ नर्स (आईसीएन) को तथ्यांकअनुसार विश्वभर करिब ९० हजार स्वास्थ्यकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन् । करिब २ सय ६० भन्दा बढी नर्सले यो म,हा,मा,री,मा आफ्नो ज्या,,न गु,मा,ए,का छन् । आईसीएनद्वारा जारी यो तथ्यांक मात्र ३० मुलुकको घ,ट,ना,मा आधारित छ । ‘यसले के देखाउँछ भने कोरोनाको प्रयोगशाला प्रमाणित केसमध्ये औसतमा करिब ६ प्रतिशत स्वास्थ्यकर्मीका हुन्,’ कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.संगीता मिश्र भन्छिन्, ‘नेपालमा कूल संक्रमितमध्ये करिब ३ प्रतिशत स्वास्थ्यकर्मी छन् भने परीक्षणको दायरा बढ्दा यो प्रतिशत झन् बढ्न सक्छ ।’

डा.मिश्रका अनुसार कोसी कोभिड उपचार केन्द्रमा बुधबार ३ जना कोभिड संक्रमित स्वास्थ्यकर्मी भर्ना भएका छन् । सोमबार पनि १ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणपछि भर्ना भए । शान्ति सुरक्षालगायत संक्रमण नियन्त्रणको विभिन्न मोर्चामा खटिएका सुरक्षाकर्मी बढी जोखिममा छन् । उनीहरू आवश्यक सुरक्षा सामग्रीबिना ड्युटीमा ख,टि,ने भएकाले जोखिमा परेका हुन् । कोरोनासम्बन्धी रिपोर्टिङ गर्दा ६ जना सञ्चारकर्मी संक्रमित भएका छन् ।

खाद्यान्न, अत्यावश्यक सामग्री, पेट्रोलियम पदार्थलगायतका ढुवानी गर्ने बाहनका चालक कोरोनाको संक्रमणको जोखिममा छन् । हालसम्म ७ जना चालकमा यो रोग देखिएको छ । जनप्रतिनिधि, नेताको असुरक्षित जनसम्पर्कले गर्दा कोरोनाको जोखिममा देखिएका छन् । पेसागत हिसावले चिकित्साकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र चालकहरु कोरोना संक्रमणमा अन्य व्यवसायको दाँजोमा बढी जोखिममा देखिए पनि विदेशबाट आउनेहरुले आफ्नो निकट सम्पर्कमा आएकालाई सबैभन्दा बढी रोग सारेका छन् ।

‘विदेशबाट आउनेहरु मुख्य रूपमा भारतबाट आउनेहरुले क्वारेन्टाइनमा रहँदा उनीहरुसँगै रहेका र निकट सम्पर्कमा आएका सबैभन्दा बढी संक्रमित भएको देखिएको छ,’ डा.अधिकारीले भने, ‘स्वास्थ्यकर्मीका परिवारका सदस्यमा संक्रमण देखिएको छ ।’ धनकुटामा संक्रमित नर्सको परिवारलाई संक्रमण सरेको मंगलबार पुष्टि भयो । ‘जस्तोसुकै व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), सावधानी अपनाए पनि म,हा,मा,री,को अवस्थामा संक्रमणवाट शतप्रतिशत मुक्त रहने ग्यारेन्टी हुँदैन,’ डा.अधिकारी भन्छन्, ‘यो कुरा सबै स्वास्थ्यकर्मीलाई थाहा भए पनि उहाँहरु स्वेच्छाले जनताको स्वास्थ्य सेवामा खटिनुभएको हो, आमनेपालीले उहाँहरुको मनोबल उच्च राख्न सघाउनुपर्छ ।’

नेपालीको स्वास्थ्य, सुरक्षा, सूचना, खाद्यलगायत दैनिक आवश्यकता सहज बनाउने क्रममा संक्रमणमा परिरहेकाहरुलाई विभेद नगरी उच्च मनोबल कायम राख्न सबैले सघाउनुपर्ने आवश्यकता देखिएको छ ।१२ जना सुरक्षाकर्मी संक्रमित लकडाउन कार्यान्वयन गराउन अग्रभागमा ख,टि,ए,का सुरक्षाकर्मीहरुमा नै कोरोना संक्रमण देखिन थालेपछि फिल्डमा संख्यात्मक उपस्थिति घटाइएको छ । फिल्डमा कम जनशक्ति परिचालन गर्ने र खटिएका जनशक्तिलाई कार्यावधि बढाउने गरी सुरक्षा प्रवन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी ब,ल (एपीएफ) मुख्यालयले निर्देशन दिएका हुन् ।

दुवै सुरक्षा निकायको पत्राचारपछि सम्बन्धित युनिटका प्रमुखहरुले काममा बाहेक बाहिर ननिस्कन सुरक्षाकर्मीलाई आदेश दिएका छन् । मातहत युनिटलाई नै उच्च जोखिम, जोखिम र सामान्य विभाजन गरेर त्यहा कार्यरत फौजको कोरोना परीक्षण थालिएको पनि जानकारी दिएका छन् । ख,टि,,एका जनशक्तिहरुलाई फिल्डमा सुरक्षा जाँच र लकडाउन कार्यान्वयनका क्रममा अर्को पक्षसग ‘भौतिक दूरी’ कायम राख्न पनि भनिएको छ ।

बुधबार मात्रै महानगरीय प्रहरी वृत्त कालिमाटीअन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रहरी मुख्यालयले देशभर तैनाथ जनशक्तिलाई आवश्यक स्वास्थ्य सावधानी अपनाएर काम गर्न भनेको हो । संक्रमण हुनेमा फिल्डमा खटिँदै आएका प्रहरी नायब निरीक्षक र १ जना जवान छन् । दुवैलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । हाल कालिमाटी कार्यालय नै सिल गरेर स्वास्थ्य जाँच अघि बढाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार कालिमाटीबाट भइरहेका शान्तिसुरक्षा व्यवस्थापन तथा अपराध अनुसन्धान तथा नियन्त्रणका कामकारबाही नजिकैका युनिट तथा आवश्यकताअनुसार काठमाडौं परिसरबाटै हुने गरी व्यवस्था गरिएको छ ।

‘कोरोना भाइरसको जोखिमका बाबजुद जिम्मेवारी निर्बाह गर्नु हाम्रो कर्तव्य हो, त्यहीअनुसार काम गरिरहेका छौं,’ डीआईजी पोखरेलले कान्तिपुरसँग भने, ‘संक्रमण देखिएकालाई उपचारका लागि पठाइसकेका छौं, अन्यको पनि स्वास्थ्य परीक्षण भइरहेको छ ।’ स्वास्थ्य परीक्षणबाट नेगेटिभ रिपोर्ट आएकाहरु पुन जिम्मेवारीमा फर्किने भन्दै केही व्यक्तिमा संक्रमण देखिँदैमा आम नागरिकको सुरक्षा र लकडाउन कार्यान्वयनमा कुनै असर नपुग्ने उनले बताए । उनका अनुसार फिल्डमा आवश्यकताअनुसार मात्रै जनशक्ति ख,टा,उ,ने र व्यारेकमा बस्दा पनि स्वास्थ्य सावधानीलाई मुख्य प्राथमिकतामा राख्न निर्देशन दिइएको छ ।

कालिमाटीस्थित जनपद प्रहरी र ट्राफिक प्रहरी वृत्त नै सिल गरेर डीएसपीसहित २ सय १४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा रहेका सबै जनाको केही दिन भित्रै पीसीआर परीक्षण हुने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । ‘स्वास्थ्य परीक्षणबाट आउने रिपोर्टका आधारमा नियमित कामकारबाही अघि बढाइनेछ,’ उनले भने । काठमाडौंमा २, धनकुटा र बारामा १/१ तथा कपिलवस्तुमा २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १/१ जना सशस्त्र प्रहरीलाई संक्रमण देखिएको छ भने २ नम्बर प्रदेशअन्तर्गत तैनाथ नेपाली सेनाका एक उच्च अधिकारीसहित २ जनामा संक्रमण पुष्टि भइसकेको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले थप स्वास्थ्य सावधानी अपनाएर जनशक्तिलाई परिचालन गरिएको बताए । उनका अनुसार संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि फिल्डमा आवश्यकभन्दा बढी जनशक्ति न,ख,टा,उन, पनि निर्देशन दिइएको छ ।

‘बरु रोटेसनका आधारमा जिम्मेवारीको दायरा ब,ढा,उ,ने, ‘वर्क लोड’ थप्ने गरी जनशक्ति परिचालन गर्न सजिलो देखियो,’ उनले भने, ‘१० जनाले गर्ने काम ४/५ जनालाई दिएर जोखिम कम गर्न सकिन्छ, संक्रमण नियन्त्रणका लागि यो पनि एउटा आधार बन्न सक्छ ।’ सशस्त्र र नेपाल प्रहरीका ८० हजारभन्दा बढी जनशक्ति कोभिड–१९ वि,रु,द्ध,को प्रतिकार्य योजनाअन्तर्गत फिल्डमा खटिएका छन् । बुधबार नै सशस्त्र प्रहरीको १ नम्बर प्रदेशस्थित बराह बाहिनीअन्तर्गत रही सुनसरीस्थित सीमावर्ती क्षेत्रमा तैनाथ एक सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि कोसी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी निरजबहादुर शाहीले संक्रमणबाट बच्न सबैभन्दा उपयुक्त विकल्प सामाजिक दूरी कायम नै भएको बताए । ‘सुरक्षाकर्मी पनि संक्रमणबाट मुक्त छैनन्,’ उनले भने, ‘तैपनि आत्तिनुपर्ने केही छैन, आवश्यक सावधानी अपनाएर काम गरे महामारीविरुद्ध जुध्न सकिन्छ ।’ संक्रमणको जोखिम बढ्दै जाँदा कामको बोझ पनि स्वाभाविक रूपमा बढ्दै जान सक्ने भएर सोहीअनुसार फिल्डमा खटिनेको ‘रोटेसन’ अवधि बढाउन सकिने र त्यसबारे फिल्डकै अफिसरलाई जिम्मा दिइएको उनले बताए । सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले आन्तरिक काममा खटिएकालाई फिल्डमा खटाएर फिल्डका र शंकास्पद क्षेत्रका फौजलाई सेल्फ क्वारेन्टाइनमा राख्ने गरी पनि खाका बनाएको बताए । खासगरी भारतीय सीमावर्ती जिल्लामा खटिएका सुरक्षाकर्मी उच्च जोखिममा छन् ।इमान्दार संवाददाता

Related Articles

Back to top button