समाचार

भारतीय प्रोफेसर स्वैन भन्छन्: ‘नेपाल कश्मिर होइन, नेपालको नयाँ नक्साको विरोध गर्नुको अर्थ छैन’

काठमाडौं । नेपाल विरुद्ध खनिएका मिडियालाई लक्षित गर्दै एक भारतीय प्रोफेसले त्यसको कुनै तुक नभएको प्रतिकृया दिएका छन् । नयाँ नक्सा जारी गर्ने कामको सुरुवात भारतलेनै गरेको बताएका छन् । नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्दैनन् भन्नेकुराको आँकलन पहिले नै गरेको बताएका छन् ।

स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले भारतीयद्धारा जारी नेपाल प्रतिको विरोध न्यायीक नभएको उल्लेख गरेका छन् । नेपालले राजनीतिक तथा प्रशासनिक नक्साका रुपमा भारतले अतिक्रमण गरेको भूभागलाई पनि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतमा जारी खलबलीको कुनै अर्थ नभएको बताएका हुन् ।

स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिकृया दिएका छन् । उनले नेपालले जारी गरेको नक्साको भारतले विरोध गर्नुको कुनै अर्थ छैन भनेका छन् । उनले त्यसलाई नक्सा युद्धको नाम दिएका छन् । नक्सा युद्धको सुरुवात कसले गर्यो भन्ने प्रश्न उठाउँदै उनले सन् २०१९ मा कश्मिरको नक्सा पुन तयार गर्न भारतले नक्सा युद्ध सुरु गरेको बताएका छन् । उनले भारतलाई नेपाल कश्मिर होइन भन्दै चेतावनी दिएका छन् ।

अंग्रेजी भाषामा लेखिएको उनको ट्वीटमा भनिएको छ ‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गरेको छ । भारतले यसलाई स्विकार गर्दैन भन्ने कुरा सबैलाई लागेको हो । यद्यपि, यो ‘नक्सा युद्ध’ कसले सुरु गरेको हो ? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउएको थियो ? मोदीले कश्मिरको नयाँ नक्सा तयार गर्न मोदी शक्तिले उम्मादले तयार भएको थियो । तर, नेपाल कश्मिर होइन,’ उनले लेखेका छन् ।

Related Articles

Back to top button
Close