Thursday, April 2

आज नायिका आँचल शर्माको जन्मदिन, यस्तो छ जन्मदिन मनाउने तयारी

March 18, 2020 147

काठमाडौं, चैत ५ । हालै मात्र प्रेमी उदिपसँग लगनगाँठो कसेकी लोकप्रिय नायिका आँचल शर्माको आज जन्मदिन परेको छ । १८ मार्च १९९५ मा काठमाडौंमा जन्मिएकी आँचलले आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् ।अभिनय यात्राको आरम्भ चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट गरेकी सुन्दरी आँचल नायिकाका अलावा मोडल र भिजे पनि हुन् ।

कैयौँ म्यूजिक भिडियोमा अभिनय गरेर दर्शकको मन जितेकी यि सुन्दरीले फागुन २९ गते चितवन निवासी डा. उदीप श्रेष्ठसँग विवाह गरिन् । उनले आफ्नो जन्मदिन अनाथ आश्रमका बालबालिकालाई सहयोग गरेर मनाउने तयारी गरेको बताइएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्