समाचार

एसएसबीकाे दादागिरी नेपालभित्रै प्रवेश गरेर न्युज २४ कर्मीको क्यामेरा खोस्यो प्रहरीमाथि पनि हातपात

८ जेष्ठ २०७७, बिहीबार दार्चुला । रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दु’र्व्यवहार गरेकाे छ । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खाे’सेका छन् ।भारतीय सीमा सुरक्षा ब’लले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दु’र्व्यवहार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दु’र्व्यवहार गरेको हो ।
किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रो’क लगाइएको छ, जान दिएइको छैन ।दर्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सु’रक्षकर्मीबाट कु’टिएका छन् । ‘त्यहाँ हाम्रो सु’रक्षकर्मी पनि ख’टिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कु’टिएको छ,’ न्युज २४ सँग कुरा गर्दै जाेशीले भन्नुभयाे । उहाँले बिहानैदेखि नै त्यहाँ पत्रकारहरू ख’टिएकाे पनि जानकारी दिनुभयाे ।प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सा’र्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

हामी निरन्तर सीमा रक्षाको फ’लोअपमा छौं । अहिलेको म’हामारीको सं’कटमा भारतमा यो’गदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अ’द्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आ’क्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा म’र्यादाको ‘ल’क्ष्मणरेखा’ ना’घेर उनीहरूले अ’पमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।

Related Articles

Back to top button
Close