भिडियो

नेपालको नयाँ नक्साको समर्थनमा मनिषा कोइरालाले बोलेपछी मनिषाको विरुद्धमा भारतीय यसरि खनिए(भिडियो हेर्नुहोस)

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । तर नेपालले आफ्नो अतिक्रमित भूमिसहित नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले त्यो बिषयले भारतभर भूकम्प ल्याइदिएको छ ।यस्तै नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट भारतभर हंगामा सुरु भएको छ ।

कोइरालाले नेपाललाई सपोर्ट गरेको उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा अश्लिलदेखि अपच हुने खालका कमेन्ट गरेका छन ।मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close