समाचार

यी इमान्दार ट्याक्सी चालक जस्ले ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार सम्बन्धित धनीलाई बुझाए

काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ । उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गर्नुभएको हो ।

खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफँै पैसा फिर्ता गर्न महाशाखा आउनुभएको थियो । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गर्नुभयो ।

यो पनि पढ़नुह्स : साइबर अपराध चुनौतीपूर्ण बन्दै

पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरुलाई रोज्ने गरेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिनुभयो ।

उक्त विषयमा कार्यपत्र प्रस्तोता उहाँले ब्यूरोमा एक हजार ४९८ सामाजिक सञ्जाल (फेसबुक) बाट गरिएका अपराधका सम्बन्धमा उजुरी परेको बताउनुभयो । उजुरी परेसँगै अनुसन्धानका कठिनाइ भएपनि कतिपयमा उजरीमा सफलतासमेत मिलेको उहाँको भनाइ थियो । प्राय कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरुपमा फसाउने गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायत अपराध हुने गरेको अर्यालले जानकारी दिनुभयो ।

अहिले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको प्रयोग गर्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा आपराधिक क्रियाकलाप बढ्दै गएको पनि उहाँले जानकारी दिनुभयो । हेटाँैडास्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले साइबर अपराध प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।

सो अवसरमा सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले प्रविधिको सही सदुपयोग गर्न नजान्दा समस्या बढ्दै गएको बताउनुभयो ।
चितवन जिल्ला प्रहरी काार्यलयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले समाजमा रहेका अपराधी पहिचान गरेर अपराध न्यूनीकरणका लागि नागरिक र प्रहरीबीच हातेमालो गर्नु जरुरी रहेको बताउनुभयो ।

Related Articles

Back to top button
Close