समाचार

जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन्- मनिषा कोइराला, अनि बोल्दिनन त ? – रवि

काठमाण्डौं । नायिका मनिषा कोइरालाको एक ट्वीटका कारण भारतिय मिडियाको पसिना छुटेको भन्दै नेपालका चर्चित सञ्चरकर्मी रवि लामिछानेले भारतिय मिडियालाई आफ्नै सरकारले संयुक्त राष्ट्रमा वुझाएको नक्साको अध्ययन गर्न सुझाव दिएका छन । मनिषा कोईराला जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी भएकोले उनी बोल्छिन भन्दै यस्तो स्ट्याटस लेखेका छन,

“मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त ? And I strongly suggest all Indian medias to study your own map that was submitted to the United Nations by your own government. Please take a look at our political map issued officially today.”

मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै मनिषा कोइरालाले सरकारले आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गर्दै नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेकी थिईन । ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यस विषयमा भारतका साना देखि ठुला मिडियाहरुले त्यसको प्र,तिरोध थिए । कतिपय मिडियाहरु त चीनको इशारामा मनिषाले उक्त ट्वीट गरेको दाबी गरेको आ,रोप लगाएका थिए । मनिषाको उक्त भनाइपछि सञ्चार माध्यममा मात्र होइन सामाजिक सञ्जालमा समेत उनीमाथि जाइलागेका हुन् ।

Related Articles

Back to top button
Close