समाचार

पूर्णिकाको सुझाव : नयाँ नक्सा जारी भएकाले नाकाबन्दी हुन सक्छ सचेत होऔँ

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाह पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । थाइल्यान्डमा इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत १९ वर्षीया पूर्णिका शाहले सामाजिक सञ्जालमा आफ्ना तस्बिर र स्टाटसहरु अपडेट गरिरहने गर्छिन्। बुधबार पनि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् । उनले स्टाटसमा अहिले हुँदै गरेको र अब गर्नु पर्ने बाँकी काम बारेमा बताएकी छिन्।
उनले लेखेकी छिन् – नेपालको नयाँ नक्सालाई अभिनेत्री मनिषा कोइरालाको समर्थन आए संगै भारतमा नेपालीलाई अपमान गर्ने नयाँ तरंग सुरु भएको छ । यसबाट भारतमा रोजगारमा रहेका नेपालीहरु पनि प्रभावित हुन सक्छन।
चिनसंग मिलेर नेपालले भारत विरुद्ध निउँ खोजेको भन्दै भारतले आपत्ती जनाई सकेको छ। लिपुलेक समेटिएको देशको पुर्ण नक्सा अहिले सरकारले प्रकाशन गरेको छ तर अब गर्नु पर्ने काम अझ धेरै छन्।
१) राजनैतिक पदमा हुने खर्च कटाई प्रविधी विकासमा लगानी गर्ने।
२) कुनै पनि बेला नाकाबन्दी हुन सक्छ । अनावश्यक फेशनेबल सामाग्री र विदेशी वस्तु प्रतिको मोह घटाई देशमा आवश्यक खाद्यान्न, औषधि, मेडिकल सामान सहित प्राविधिक वस्तुहरु देश भित्रै उत्पादन गर्ने र यसैमा रोजगारको अवसर सृजना गर्ने।
३) मुस्ताङ्ग क्षेत्रमा रहेको भनिएको महंगो धातु युरेनियम उत्खनन गरि बिक्री गर्न र देश भित्रै आणविक उर्जाको उपयोग गर्न जापान, रुस, अष्ट्रेलिया आदि विस्वसनीय देश संग सम्भाव्यता अध्ययन गर्ने।
४) पेट्रोलियम लगाएत सम्भावित खनिज उत्खनन गर्न थप अध्ययन गर्ने।
५) कृषि उत्पादन, खाद्यान्न , दुग्ध पदार्थमा आत्मनिर्भर बन्ने।
६) अहिले जनस्तरमै सुरु भएका प्रविधी विकास र भएका रोबोटिक प्रविधीहरुलाई अझ प्रभावकारी बनाउन यस क्षेत्रमा उदाएका प्रतिभाहरु र महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई समन्वय गर्ने र सामरिक सामाग्रीको उत्पादन सुरु गरि भारतको हेपाहा प्रवृती विरुद्ध कडा रुपमा प्रस्तुत हुने।
७) यसमा अझै पनि एकताबद्ध जनदबाब आवश्यक भैरहन्छ, सम्पुर्ण नागरिकहरु आ-आफ्नो क्षेत्रबाट लागिरहौँ।
श्री पशुपतिनाथले सबैको कल्याण गरुन्।
जय देश , जय जननी

Related Articles

Back to top button
Close