Monday, January 27

मालिका भगवतीको मन्दिरमा अहिले पनि निरन्तर बलिरहेको छ अमरसिंह थापाले बालेको ‘अखण्ड दीप’ बत्ती

January 13, 2020 333

अमरसिंह थापाले बाल्नुभएको डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती अहिले सम्म पनि निरन्तर बलिरहेको छ । नेपाल एकीकरणको बेलामा थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको हो । उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन् ।

ऐतिहासिक क्षण सम्झन बाध्य पार्ने कारणमध्ये उक्त स्थानमा स्थापना गरिएको मालिका भगवतीको आकर्षक मंन्दिर र अखण्ड दीप मुख्य छन् । मालिका भगवतीको मन्दिरमा अखण्ड ज्योति बालिने प्रचलन पनि मन्दिर स्थापनादेखि नै कायम रहेको हो ।

एकीकरण अभियानको क्रममा सरदार अमरसिंह थापा पश्चिम गौँडाको इञ्चार्ज भएर आएका थिए । सोही बेला सरदार थापाले बालेको उक्त दीप भगवती मन्दिरभित्र हालसम्म पनि निरन्तर बलिरहेकै छ । रक्षाबन्धनको अवसरमा बाजुरा जिल्लामा पर्ने प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरमा भव्य मेला र पूजा हुने गर्दछ ।

Loading...

प्रतिकृया दिनुहोस्