Thursday, April 2

मोटोपनले हैरान हुनुहुन्छ ? यी खानेकुरा खानुहोस्

March 18, 2020 489

काठमाडौँ – माटोपनबाट हरेक मानिस छुटकारा पाउन चाहान्छ । शरिर मोटो भएमा पनि घटाउन निकै गाह्रो हुन्छ । हामिले हरेक दिन स्वस्थ र पोषिलो खानेकुरा खाने गर्छौ । स्वस्थ र पोषिलो खानेकुरा खानु पनि राम्रो हो ।

यदि तपाई मोटोपनबाट तनावमा हुनुहुन्छ वा शरिरलाई सधै फिट राख्न चाहानुहुन्छ भने केहि यस्ता खानेकुरा खानु जरुरी हुन्छ । आफ्नो वजनलाई नियन्त्रणमा राख्न दाल खानु राम्रो हुन्छ । यसमा प्रशस्त प्रोटीन हुन्छ ।

३ वटा उसिनेको अण्डा बराबरको प्रोटिन एक कप दालमा हुने गर्छ । हामिले दाल पिउने बानि गरेमा वजन नियन्त्रण गर्न सकिन्छ । शरिरलाई मोटोपन हुन नदिन केराउ खानु पनि आवस्यक छ ।

यसमा भिटामिन ुसीु पर्याप्तरुपमा पाइने गर्छ जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता समेत वृद्दि गर्छ । शरिरलाई फिट राख्न पालुंगोको साग खानु पर्दछ । एक कप पाकेको पालुंगोको सागमा ५ ग्राम प्रोटीन प्राप्त हुन्छ। नेपालिहरुको राष्ट्रिय खाना क्वाँटीको सेन पनि निकै राम्रो मानिन्छ । त्यस्तै जौबाट बनेको ओट्स सेवन गरेमा पनि शरिरलाई फिट राख्न सकिन्छ ।

यसमा प्रोटीन, फाइबर, म्याग्नीशियम र जिंक पाइन्छ । त्यस्तै फापरको परिकार खानु पनि राम्रो हुन्छ । यसमा प्रोटिन, फाइबर र मैंगनीज पाइन्छ । जसले शरीरलाई अत्याधिक उर्जा प्रदान गर्दछ। यसको सेवनले वजन घटाउन र शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ ।

Loading...

प्रतिकृया दिनुहोस्