भिडियो

आफ्ना नागरिक लिन भारतीय सुरक्षाकर्मी यसरी आए नेपाल (भिडियो हेर्नुस्)

नेपालगन्ज, ७ जेठ । कोरोना फैलन नदिन नेपाल र भारत दुवै तिर लकडाउन घोषणा गरिएका कारण सिमानामा नेपाली र भारतीय नागरिक आफ्नो मुलुक जान नपाएर अड्किएका छन् । नेपाल र भारतले दुवै देशका नागरिकलाई जहाँ छन् त्यही ब्यवस्थापन गर्ने सहमति गरे बमोजिम सिमानामा दुवै देशका नागरिक क्वारेन्टाइनमा राखिएको हो । नेपाल तर्फ भारतीय नागरिक छन् भने भारत तर्फ नेपाली नागरिक लामो समय देखि बसिरहेका छन् ।

दुवै तर्फका नागरिक आफ्नो परिवारसंग जान आतुर छन् । तर कोरोना फैलने जोखिमका कारण उनीहरुलाई सिमानामै क्वारेन्टाइनका ब्यवस्था गरि राखिएको हो । यसरी बसेका नागरिकलाई आफ्नो आफ्नो मुलुक पठाउने प्रकृया सुरु भएको छ । बुधबार बाँकेको सीमामा पुगेका भारतीयहरुलाई उनीहरुकै मुलुक पठाउन सुरु गरिएको छ । त्यस्तै, भारतको रुपैडिहामा रहेका नेपालीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसका लागि दुवै तर्फका सुरक्षा अधिकारीहरुले छलफल गरेका छन् । उनीहरुलाई कसरी ब्यवस्थापन गर्ने र सुरक्षित रुपमा फेरी क्वारेन्टाइनमा राख्ने ब्यवस्थाका लागि दुवै तर्फका सुरक्षा अधिकारीबीच छलपल भएको हो ।

भारतमा यातायातको साधन रेल सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँबाट नेपालीहरु नेपालगन्जको जमुनाह नाकासम्म आइपुगेका हुन् । सीमामा दुवै देशका सयौं नागरिकहरुलाई आ आफ्नो देश पठाउने प्रक्रिया चलिरहेको छ । बाँकेमा बुधबार थप ६ जना कोरोना पोजेटिभ भेटिएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाँकेमा ६ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको जानकारी गराइएको हो । बाँकेको नरैनापुरमा मात्र कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । जसमध्ये एकको मृत्यु भैसकेको छ । त्यस्तै, नेपालगन्जमा कोरोना पोजेटिभको संख्या २५ रहेको छ । बुधबार खजुरामा एक जना कोरोना पोजेटिभ भेटिएका छन् । यो संगै आठ स्थानीय तह रहेको बाँकेमा तीन स्थानीय तहमा कोरोना पोजेटिभ भेटिएको छ ।

Related Articles

Back to top button
Close