भिडियो

प्रचण्डको छोरी बुहारीलाई मन्त्रि बनाउन यु’द्ध ल’डेको होइन, पुर्व ल’डाकु जीवन-म’रणको दोसाँधमा (हेर्नुस् भिडियो)

आजभन्दा केहि वर्ष अगाडी नेपालमा जनयु’द्धको समयमा देश र जनताको लागि ल’डेर कतिले स’हादत प्राप्त गरे भने केहि घा’इते भएर दयनीय अवस्थामा बाँचीरहेका छन् । आफ्नो परिवार समेत त्यागेर देशका लागि ल’ड्छु भनेर जनमु’क्ति सेनामा होमिएकाको कथा र व्यथा हृदय विदारक छन् ।

त्यस्तै, देश र जनताको लागि भनेर १४ वर्षको कलिलो उमेरमा जनमु’क्ति सेनामा लागेकी पुर्वल’डाकु तुलसीपुर उपमहानगरपालिका २ निवासी जीत माया चौधरीलाई अहिले बज्रपात परेको छ । करिब ३ वर्षदेखि उनको दुवै मृगौलाले काम गर्न छाडेको छ । राष्ट्रिय मृगौला केन्द्रमा डाईलुसिस गरिरहेकी उनको दुवै मृगौला प्रत्यारोपन गर्नुपर्ने भएको छ ।

उपचार खर्च गर्न आफ्नो अवस्थाले नभ्याउने उनी बताउछिन् । २ सन्तानकी आमा जीत मायाले उपचार गर्दा गर्दै श्रीमानले कमाएको र भएको जति सबै खर्च भइसकेको र उपचार खर्च गर्न गार्हो भएको बताएकी छिन् । २०५७ साल देखि जनमु’क्ति सेनामा लागेर दिन रात भोकै-प्यासै मृ’त्युलाई अंगाली ल’डेर नेताहरुलाई सत्तासम्म पुर्याएको बताउंदै उनले अस्पतालको सैयामा आफु पुग्दा तिनै नेताहरुले कुनै वास्ता नगरेको दु:खेसो पोखेकी छिन् । आफु जीवन र मृ’त्युसँग जुधीरहेको र सरकारमा पुगेका कसैले पनि नहेरेको बताएकी छिन् ।

जीत मायालाई कसैबाट पनि सहयोग नभएपछि अहिले सरकारबाट पनि केहि सहयोग मिले उपचारमा सहज हुने बताउदै उनले सहयोगको अपिल गरेकी छिन् । साथै उनलाई साथ र समर्थन गर्नका लागि ‘बहिर्गमित जनमु’क्ति सेना नेपाल तथा बाल सेना’ का उपादक्ष राजन थापाले पनि मिडिया सामु आएर आफ्ना भनाईहरु राखेका छन् । उनलाई सहयोग गर्नको लागि Global Ime Bank, Banasthali Branch Kathmandu, Account holder Name : Jitmaya Chaudhary, Account Number : 1007010009321 मा सहयोग गर्न सक्नु हुन्छ ।हेरौँ जीत माया र राजन थापासँग गरिएको कुराकानी भिडियोमा :

Loading...

Related Articles

Back to top button
Close