भिडियो

‘कालापानी नेपालको भूमी हो’ भन्ने प्रमाण लिएर फर्के ज्ञानेन्द्र शाही, भन्छन् अब अन्तराष्ट्रिय अदालत जानुपर्छ (भिडियो हेर्नुस्)

काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियन्तका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाही भारतले कब्जा जमाएको नेपाली भूमी पुगेर फर्केका छन् । उनले भारतीय कब्जामा रहेका नेपाली भूमी दावी गर्ने प्रसस्त प्रमाण भएको बताएका छन् । दार्चुला स्थित सिमानाको अध्ययन गरेर फर्केका शाहीले भूमी प्रयोग गरे बापत नेपाललाई तिरो तिर्दै आएका नेपालीहरुलाई जबरजस्ती भारतीय बनाइएको बताए । नेपाललाई तिरो तेरेको रसिद देखाउँदै उनीहरुको नाम समेत शाहीले सार्वजनिक गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भने, अहिले पनि गएर खोज्ने हो भने यो नाम भएकाहरु त्यहाँ भेटिन्छन्, नेपालको भूमी किनेर प्रयोग गरेका उनीहरु अहिले भारतीय नागरिक भएका छन् । उनीहरुको नामको पछाडीको थर पनि स्थानको नाममा राखिएको छ । अभियन्ता शाहीले यस्ता प्रमाण लिएर अब आफ्नो भूमीको रक्षा गर्न अन्तराष्ट्रिय अदालत जानुपर्ने बताए ।

नेपालसंग यस्ता प्रसस्त प्रमाण छन् आफ्नो भूमी दावी गर्न अन्तराष्ट्रिय अदालत जान सकिन्छ उनले भने । भारतले काली नदिको नक्कली मुहान खडा गरेर नेपाली भूमी ओगटेको बताएका छन् । कालीनदि नेपाल भारत सिमाना भएकाले भारतले भूमी कब्जा गर्न नक्कली मुहान बनाएको उनको भनाई छ । नेपाली सिमाविदहरुले समेत नेपालको वास्तविक जमिन कहाँ सम्म हो भन्ने थाहा नपाएर वरै सिमाना भनेर फोटो खिचाएर आउने गरेको टिप्पणी गरे ।

भारतले सुगौली सन्धीका क्रममा कालीनदिको मुहान भन्दा वारी नेपाल र पारी भारत भनेर उल्लेख छ । त्यती बेला जिपिआर प्रणाली नभएका कारण नदिलाई सिमाना बनाउने गरिन्थ्यो । त्यसैले भारतले लिपुलेकवाट आएको अर्कै नदिलाई कालीनदिको सिमाना दावी गरेर नेपाली सिमाना कब्जा गरेको दावी गरे । त्यहाँ वर्षौ देखि बसोबार गर्दै आएकालाई त्यो थाहा हुने भएकाले ब्यास गाउँमा पुगेर वास्तविकता बुझेको र त्यहाँका बासीन्दाले कालिनदिको मुहान लिम्पियाधुरा भएको बताए । उनले स्थलगत अनुसन्धानवाट ल्याएको प्रमाण परराष्ट्रमन्त्रालयमा बुझाउने बताए ।

Loading...

Related Articles

Back to top button
Close