रोचक

८२ वर्षे छोराको हेरचाह गर्दै सय वर्षे आमा

उमेर एक सय बर्ष पुग्यो तर, अझैपनि उनले आफ्नो ८२ बर्षीय छोराको हेरचाह गरिरहेकी छन् ।यो कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यही छ । हुन त यो घटना नेपालको नभई ईङ्ल्यान्डको हो ।समाचार माध्यमहरुमा जनाइए अनुसार, लिवरपूल इङ्यान्डकी एक, सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् ।जसमध्ये सबै भन्दा जेठा छोरा टोम किन्टिग ८२ बर्षका भए । अविवाहीत नै रहेका उनि सन् २०१६ मा हेरचाह गर्ने कोही नभएपनि मास भ्यू केयरहोम गएका थिए ।

यो कुरा उनकी एकसय बर्षीया आमा एडाले थाहा पाईन र उनि निकै चिन्तित बनिन् ।त्यसपछि छोराको हेरचाह गर्न उनीसँगै केयरहोम पुगिन् । त्यसयता उनीहरु तीन वर्षदेखि सँगै बस्दै आइरहेका छन् । उनी नर्स हुन् । उनीहरु दिनभरी सँगै हाँसखेल गर्छन् ।विहान टोम उठ्नुभन्दा अगाडि नै एडाले उनको लागि खाना, खाजा तयार गर्ने गर्छिन् ।

Loading...

Related Articles

Back to top button
Close