खेलकुद

इतिहास रचेपनि स्वर्ण गुमाउदाको पिडा

दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टिम फाइनलमा भारतसँग ३-२ ले पराजित भएकाे छ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिम भारतसँग ३–२ ले पराजित भएसँगै सागमा पहिलाे पटक स्वर्ण जित्ने अवसर गुमाएकाे हाे । त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको खेलमा पहिलो सेट नेपालले गुमाएको थियो ।

पहिलो सेट भारतले २५–१७ जितेको थियो । दोस्रो सेट भने नेपालले २५–२३ ले जितेको थियो । त्यस्तै तेस्रो सेट पनि नेपालले २५–२१ ले जितेको थियो । चाैथाे सेट भारतले २५-२० ले जित्याे भने पाँचाैँ अर्थात निर्णायक सेट पनि भारतले १५-६ ले आफ्नाे पक्षमा पार्‍याे । नेपालले रजत पदकमै चित्त बुझाउनु परे पनि महिला भलिबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पारेको हो ।

यसअघि सागमा नेपाली महिला भलिबल टोलीले कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न सकेको थिएन । नेपालले सेमिफाइनलमा श्रीलंकाली टिमलाई ३–०को सोझो सेटमा हराएको थियो । अहिलेसम्म भारतलाई नजितेको नेपालले एकै पटक भारतलाई हराएर स्वर्ण पदक जित्दै अर्को इतिहास रच्न भने चुकेकाे छ ।

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको स्वर्णका लागि भइरहेकाे नेपाल र भारतबीचकाे प्रतिस्पर्धामा दुई-दुईकाे बराबरी भएकाे थियो। पहिलाे खेलमा पछि परे पनि दाेस्राे र तेस्राे खेलमा उत्कृष्ट कमब्याक गरेकाे नेपालले भारतसँग चाैथाे सेट २५-२० ले गुमाउन पुग्याे ।पहिलाे सेट गुमाएकाे नेपालले लयमा फर्कँदै दाेस्राे खेल २५-२३ ले जितेकाे थियाे ।

सुरुवात देखि नै कडा प्रतिस्पर्धा भएको दाेस्राे सेट एक समय १७–१७ को अवस्थामा थियो ।तर त्यसपछि नेपालले २१–१७ को अग्रता बनाउन सफल भयो । त्यसपछि नेपालले लगातार तीन अंक गुमाउँदा खेल २२-२१ मा पुगेको थियो । अन्ततः नेपालले आफ्नो प्रभाव जमाउँदै २५–२३ ले जित्यो भने पाँचाैँ अर्थात निर्णायक सेट पनि भारतले १५-६ ले आफ्नाे पक्षमा पार्न सफल भएको हो ।

Loading...

Related Articles

Back to top button
Close