समाचार

चर्चित अभिनेत्री ऋचा शर्माको विहे मिती सार्वजनिक, को हुन दुलाह ?

काठमाडौं । एक समयकी चर्चित अभिनेत्री ऋचा शर्मा अहिले रियालीटी टिभी शो को जज भएकी छिन् । नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पियनमा शर्मालाई एक मात्र महिला निर्णायकको भुमिकामा देख्न पाइन्छ । कलाकारिता संगै बेला बेलामा उनले दिने अभिव्यक्तिका कारण पनि उनी चर्चामा आइरहने गर्छिन । नेशनल अवार्ड विजेता ऋचाको विवाहको चर्चा चलेको लामो समय भैसकेको छ । केहि समय अगाडी पोखरमा व्याचलर्स पार्टी समेत गरिसकेकी ऋचाको विवाह यो पटक पक्का भएको छ ।

Thank you all for the blessings everyone❤❤❤Dee Rana Congratulations to us!!

Gepostet von Reeccha Sharrma am Montag, 2. Dezember 2019

उनको आउँदो शनिबार लगन जुरेको छ । मङ्सिर २१ (आउँने शनिबार) उनले लगनगाँठो दिपेश विक्रम राणा संग कस्न लागेकी हुन् । ऋचाले विवाहको मिती आज मात्र सार्वजनिक गरेकी छिन् । करिव दुई बर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहको नाम दिएका छन् । तपाईलाई जानकारी गराउँ दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन । उनीहरुको प्रेमको सुरुवात त्यहाँबाट नै भएको बताइन्छ

Loading...

Related Articles

Back to top button
Close