समाचार

गोल्ड मेडल जितेपछि भावुक हुँदै श्रीमानलाई अँगालो हालेर निकै बेर रोइन् आयशा (तस्विरसहित)

काठमाडौ, १६ मङ्सिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई सन्तानकी आमा आयशा शाक्यले तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा स्वर्ण जितेकी छिन् ।

शाक्यले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन् । उनले ७.९४० अंक ल्याइन् । दोस्रो भएकी भारत प्राजाकिताले ७.६४० अंक र तेस्रो भएकी श्रीलंकाकी गायत्रीले ७.५५० अंक बटुलिन् ।

आयशाले साग इतिहासमा तेक्वान्दोको दुई फरक विधामा स्वर्ण जितेर इतिहास समेत बनाइन् । उनले सन् २०१० मा भएको एघारौं सागमा उनले ग्योरुगी (फाइट) मा स्वर्ण जितेकी थिइन् ।

यसैबीच, १३औं सागमा २९ वर्षमाथिको कराते पुम्सेतर्फबाट स्वर्ण पदक जितेपछि आयशा निकै भावुक बनेकी छन् । स्वर्ण पदक विजेता बनेसँगै खुसी साट्ने क्रममा उनका पति तथा पूर्व प्रशिक्षक दिपक विष्टसँग अंगालो मार्दै उनि रोएकी थिइन् ।

१२औं सागमा पुम्से तर्फ नेपालले स्वर्ण पदक प्राप्त गर्न असफल भएको थियो । जुनबेला उनको लागि भारत बाधक बनेको थियो ।

त्यतिबेला उनी २ वर्षका छोराकी आमा थिइन् । आमा बनेर स्वर्ण जित्ने उनको सपना त्यतिबेला पूरा हुन सकेन । यसपटकको सागमा उनले आफ्ना दुई सन्तानका लागि स्वर्ण जित्ने लक्ष्य बनाएकी थिइन् । उनको यो लक्ष्य सोमबार पूरा भयो ।

स्कोरबोर्डमा भारतीय खेलाडीलाई पछि पारेको अंक देखाउने बित्तिकै उनी भावुक बनेकी थिइन् । त्यसपछि सँगै रहेका श्रीमान् दिपक विष्टलाई अगाँलो मारेर उनी निकै बेर रोइन् । त्यतिबेला दिपक पनि निकै भावुक देखिए ।

तस्विर हेर्नुहोस्-

Loading...

Related Articles

Back to top button
Close