समाचार

चुनाव सकिने बित्तिकै कम्युनिस्ट सरकारले बढायो पेट्रोल, डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौं – मंसिर १४ गते जनताबाट भोट लिइसकेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ ।

सरकार मातहतको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यबृद्धि गरेको हो । उपनिर्वाचनको मतगणना आजै सोमबार सकिएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरिएको छ । निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ईन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ मूल्यसूचीमा केही बढेर आएकाले मूल्यवृद्धि गरिएको उल्लेख छ ।

आयल निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने कायमै रहेको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम रहेको जनाइएको छ ।

Loading...

Related Articles

Back to top button
Close