समाचार

काठमाडौमा ग्यासको भीषण वि’ष्फोट : यसरी चेक नगरे हरेकको ख’तरामा [सेयर गरौँ]

काठमाडौ । अचानक भएको वि’ष्फोटमा ठुलो क्षति भएको छ । काठमाडौंमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर प’ड्किँदा एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डर प’ड्किदा काठमाडौं–५ स्थित हाँडीगाउँ जोगी कुटी मार्गमा डेरा गरी बसेका व्यक्ति गम्भीर घाइते भएका हुन् ।

भारतीय नागरिक १८ वर्षीय प्रदीपकुमार कुशवाह रहेको जानकारी दिइएको छ । काठमाडौं प्रहरी परिसर, टेकुले दिएको जानकारी अनुसार घटना आइतबार राति भएको हो । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अहिले उपचार भइरहेको छ । घटनाबारे आवश्यक थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

खाना पकाउने सिलिण्डर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्
दैनिक खाना पकाउने ग्यासको प्रयोग भइरहेको हुन्छ । ग्याँस सिलिन्डर राम्रो चेक जाँच नगर्नले कहिलेकाँही ग्यास चुहिने, सिलिन्डर पड्किने खतरा रहन्छ । एलपिजी ग्यास कसरी प्रयोग गर्ने भन्नेबारे यि कुरामा ध्यान दिनुस् :

ग्यास सिलीन्डर प्रयोग गर्दा सधै नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनिबाट अनुमोदित ग्यास प्रयोग गर्नुहोस् । रेग्युलेटर किन्दा जहाँ पायो त्यहिबाट नलिनुस् । सहि चेक जाँच गरेर मात्र रेग्युलेटरको प्रयोग गर्नुस् ।

नयाँ सिलीन्डर प्रयोग गर्दा सिल जाच गर्नुस् । यदि तपाई ग्यांस प्रयोग कसरी गर्ने अनविज्ञ हुनुहुन्छ भने ज्ञान प्राप्त व्यक्तिको सहयोग लिनुस् ।

डेलिभेरि ट्युव र रेगुलेटर समयसमयमा मर्मत गर्नुस् । यो काम आफै नभई डिस्टिव्युटर मेकानिकलाई जिम्मा दिनुस् । अरु समय अथवा ग्यास प्रयोग गरिसकेपछि रेग्युलेटर बन्द गर्न नविर्सिनुस् । सिलीन्डर राख्दा भुइभन्दा माथि हल्का अग्लो ठाउँमा ठाडो पारेर हावा छिर्ने ठाउँमा राख्नुपर्दछ ।

सिलिन्डर ग्यांस स्टोभ नजिकै राखिनु हुदैन । यस्तोमा ग्यांस लिक भए आगोलाग्ने सम्भावना बढि हुन्छ । सिलिन्डर तातो वस्तुबाट टाढा राख्नुस् । यसरी सिलीन्डर पड्कने डर कम हुन्छ ।

यदि ग्यास चुहिरहेको छ भने तुरुन्त झ्याल ढोका खोल्नुस् । अगरबत्ती, मैनबत्ति, ग्यासको रेगुलेटर समेत बन्द गर्नुस् । साथै कोठामा ग्यांस लिक भए बत्तीको स्वीच नचलाउनुस्, स्वीच अन(अफ हुँदा उत्पन्न हुने झिल्काले ग्यांस सल्कन सक्छ।
एलपिजी ग्यास हावा भन्दा पनि बढि गह्रौ हुने भएकोले लिक भएमा यो जमिनको नजिक थेग्रिएको हुन्छ । त्यसैले चारैतिरबाट हावा पास हुन दिनुस् ।

ग्यास चुहिएको जांच गर्न कहिल्यै पनि सलाइको प्रयोग नगर्नुस् । सुरक्षित जाचको लागी हातको औला सिलीन्डरको मुखमा लगाउनुस् । यसले ग्यास लिक भए नभएको थाहा पाउन सकिन्छ ।

Loading...

Related Articles

Back to top button
Close