समाचार

हेटौंडा उपमहानगरपालिकामा संसारलाइ चकित बनाउने यस्तो अचम्मको घटना ! सर्वसाधारण चकित !

हेटौंडा उपमहानगरपालिका ३ (साविकको बसामाडी गाविस ५) की ४३ वर्षीया छक्की लामा र ४४ वर्षीय शुक्र लामाबीच ०५५ सालमा प्रेमविवाह भयो। छक्कलीको रगतमा एड्सको जीवाणु भएको जानकारी हुँदाहुँदै प्रेमविवाह गरेको जोडी अहिले हाँसीखुसीसाथ जीवन बिताइरहेको छ। उनीहरूको आत्मविश्वास देखेर यहाँका एड्स संक्रमितहरूमा साहस र उत्साह बढेको छ।

सन्तान नजन्माउने, बाँचुन्जेल साथै रहने वाचा गरेको यो जोडी एड्स संक्रमितका लागि प्रेरणाको स्रोत बनेका छन् । विवाहको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि शुक्र सुरक्षित छन्।

एड्स संक्रमित युवतीसँग विवाह नगर्न गाउँलेले शुक्रलाई दबाब नदिएका होइनन् तर अहिले उनीहरूको जीवनशैली देखेर स्थानीय चकित मात्र भएका छैनन्, दम्पती भन्या यस्तो हुनुपर्छ भनेर घरघरमा उदाहरण दिने गरेका छन्।

‘रोगको विषयमा अहिलेसम्म ठाकठुक परेको छैन, भोलि पनि पर्दैन,’ शुक्रले भने, ‘जानीजानी विवाह गरेको हो।’ छक्कली थप्छिन्, ‘अहिलेसम्म उहाँले मलाई गाली गर्नुभएको छैन।’

मुम्बईको वेश्यालयमा रक्त परीक्षण गर्दा एचचाईभी/एड्सको जीवाणु फेला परेपछि छक्कलीलाई ०५४ सालमा घर फर्काइएको थियो। आफ्नो रगतमा एचआईभीरएड्सको जीवाणु भएकाले विवाह नगर्न उनले आग्रह गरिन् तर शुक्रले मानेनन्। त्यसपछि विवाह भयो।

उनी ६ वर्ष मुम्बईको वेश्यालयमा नारकीय जीवन काटेर फर्केकी थिइन्। घर फर्किंदा उनी २१ वर्षकी मात्र थिइन्। खबर आजको कान्तिपुरमा छापिएको छ।

२ फीटका चिस्तीले गरे ६ फीट अग्ली युवतीसँग विवाह

पाकिस्तानका बुरहान चिस्ती मात्र दुई फीट उचाई भएका होचा-पुड्का हुन्। तर उनको प्रेम कहानीले भने प्रेमको अद्भुत उदाहरण नै प्रस्तुत गरेको छ । विभिन्न समयमा आफ्नो सामाजिक सक्रियताका कारण उसै पनि चर्चामा रहने चिस्तीले छ फीट अग्ली सुन्दरीसँग विवाह गरेपछि उनको चर्चा एकाएक चुलिएको छ ।

यस बेला पाकिस्तानमा उनको बिहेको भिडियो सामाजिक संजालमा ट्रेन्डिङ् भैरहेको छ । उनकी दुलही फौजिया निकै सुन्दर छिन् र उनको उचाई छ फीट छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने यो मागी विवाह नभएर प्रेम विवाह हो। उनको विवाह नर्वेको राजधानी ओस्लोमा भएको हो । उक्त विवाहमा १३ देशका मानिस बताइन्छ ।

चिस्तीलाई प्रेमले मानिसहरूले ‘बोबो’ भन्ने गरेको बताइएको छ । उनी नर्वेमा बस्छन् र बलिउड अभिनेता सलमान खानको बिइङ् ह्युमन अभियानका प्रतिनिधि रहेका छन् ।

तर बुरहान चिस्ती सामान्य होचा-पुड्का भने होइनन् । उनले २०१७ को ‘मोस्ट इन्स्पिरेसनल म्यान’ भन्ने पुरस्कार पाएका छन् । चिस्तीलाई सानैमा पोलियॊ भएको र उनि व्हील चेयरमा हिँड्ने गर्छन् । यस्काबब्जुद उनी साह्रै हिम्मतिला रहेको समचारहरूमा अएको छ ।

उनकी पत्नी फौजिया पाकिस्तानको पन्जाब प्रान्तकी हुन् । उनी निकै सुन्दर छिन् । सामाजिक संजालमा चिस्तीका प्रशंसक र मित्रहरूले उनीहरूकोजोदी निकै राम्रो भएको टिप्पणी गरेका छन् । अहिले चिस्तीले आफ्नो बिहेमा गरेको डान्स निकै भाइरल भैरहेको छ

Loading...

Related Articles

Back to top button
Close