समाचार

सडकमै सकियो एक सुखी परिवार ६ जनाको नि’ध’न

इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठो’क्किँदा एम्बुलेन्समा सवार सातै जनाको नि’ध’न भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठो’क्किदां एम्बुलेन्समा सवार सातै जनाको नि’ध’न भएको हो।

घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ। उनले दुबै साचारीसाधन ७०-८० किमीप्रतिघण्टाको गतिमा हुनुपर्ने बताए। उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो।

उनले मृ तकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए। एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा नि’ध’न भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो।

त्रियुगा नगरपालिका वडा नम्बर १० का ८६ बर्षिय बृद्धा शिवमाया राई, उनका छोरा ५२ बर्षिय तुल बहादुर राईनातीहरु ३४ बर्षिय दुर्गाधन राई ३२बर्षिय टेकेन्द्र राई ज्वाई उद्धब राई भतिज दिनेश राई र एम्बुलेन्स चालक त्रियुगा नगरपालिका ९का राजेश दनुवारको घ टना स्थलमानै नि’धन भएको हो । त्रियुगा नगरपालिका वडा नम्बर १० मातहतका कार्यालय निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको छ

Loading...

Related Articles

Back to top button
Close