अन्तर्राष्ट्रिय समाचार

पर्यटक बोकेको बस पल्टिँदा २२ जनाको निधन, दुई दर्जन घाइते

काठमाडौं । पर्यटक बोकेको बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको निधन भएको छ । आइतबार भएको उक्त घटनामा करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।ट्यूनिसियाको गृह मन्त्रालयले आइतबार दिएको जानकारीमा घटनाको पुष्टि गर्दै भनिएको छ,

“ट्यूनिसियाको हिमाली ऐन स्नाउसी क्षेत्रमा करिब ४५ जना आन्तरिक पर्यटक बोकेर गएको बस सडकबाट चिप्लिएर एक खोलामा खस्दा २२ जनाको निधन भएको छ भने करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।”देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृ तक सङ्ख्या केही बढ्न सक्ने स्थानीय अस्पताल स्रोतले बताएका छन् ।

संसदद्बाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीको सरकारले संसदमा पेश भएको राजीनामालाई यहाँको संसदले आइतबार स्वीकृत गरेको छ ।आन्दोलनले हिं सा त्मक रूप लिन थालेपछि खासगरी सिया समुदायका धर्मगुरू ग्राण्ड आयातोल्लाह अली सिस्तानीले राजीनामा दिन प्रधानमन्त्रीलाई दवाब दिएपछि प्रधानमन्त्री मेहदीले संसदमा राजीनामा पेश गर्नुभएको हो । “उहाँको राजीनामालाई संसदले स्वीकृत गरेको छ,” सभामुखले सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा बताउनुभयो ।

इराकमा करिब दुई महिनादेखि राजधानी बग्दाद तथा मुलुकको दक्षिणी क्षेत्रमा भएका आन्दोलनका क्रममा ४२० जनाको निधन भएको छ ।पछिल्लो समय भ्रष्टाचारविरोधी अभियान सशक्त बन्दै गएपछि मेहदीले संसदमा आफ्नो राजिनामा पेश गर्ने र संसदको निर्णय आफूले मान्ने गत शुक्रबार घोषणा गर्नुभएको थियो ।

इराकी संसदले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेपछि सभामुखले नयाँ प्रधानमन्त्रीका लागि कानूनी प्रक्रियालाई छिट्टै अघि बढाउने बताउनुभएको छ ।उहाँले छिट्टै राष्ट्रपति बर्हाम सालेहलाई भेटी नयाँ प्रधानमन्त्री नियुक्त गर्न औपचारिक अनुरोध गर्ने बताउनुभयो ।

क्रिकेटः न्यूजील्याण्ड विरुद्ध इङल्याण्डको प्रभावशाली प्रदर्शन

इङ्ल्याण्डका ब्याट्सम्यान जो रुटले दोहोरो शतक प्रहार गरेका कारण न्यूजील्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट रोमाञ्चक स्थितिमा पुगेको छ ।

चौथो दिनको खेल समाप्त हुँदा जो रुटको व्यक्तिगत २२६ रनको मद्दतमा इङ्ल्याण्डले ४७६ रन बनाएको छ । रुट र रोरी बन्र्सकै कारण इङ्ल्याण्डले न्यूजील्याण्ड विरुद्ध १०१ रनको अग्रता कायम गरेको थियो । न्यूजील्याण्डका निल वाग्नरले इङ्ल्याण्डका पाँच विकेट लिएका थिए । न्यूजील्याण्डले पहिलो इनिङमा ३७५ रन बनाएको थियो ।

चौथो दिन दोस्रो इनिङमा न्यूजील्याण्डले २ विकेटको क्षतिमा ९६ रन बनाएको छ । पाँचौं दिन वर्षा हुने प्रक्षेपण गरिएका कारण यी दुबै बीचको खेल बराबरीमा टुङ्गिने सम्भावना पनि छ । न्यूजील्याण्डका जीत राभाल ९०० र टम लाथाम ९१८० रनमा आउट भइसकेका छन् । स्कोरबोर्डमा २८ रन हुँदा २ विकेट गुमाएको न्यूजील्याण्डका लागि अनुभवी ब्याट्सम्यानहरु रस टेलर र केन विलियम्सनले पालि सम्हालेका छन् ।

इङ्ल्याण्डका जो रुटको टेस्ट क्रिकेटमा यो तेस्रो दोहोरो शतक हो । उनले व्यक्तिगत २२६ रन बनाउने क्रममा झण्डै ११ घण्टा क्रिजमा बिताएर ४४१ बलको सामना गरेका थिए । यसअघि उनले तीन वर्षअघि पाकिस्तान विरुद्ध २५४ रन बनाएका थिए । उनको यो अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो । इङ्ल्याण्डका लागि रोरी बन्र्सले १०१ तथा ओल्ली पोपले ७५ रन बनाएका थिए ।

Loading...

Related Articles

Back to top button
Close