रोचक

यो जिन्दगीमा तिमी नआऊ फरक पर्दैन…

यहाँ मलाई एक्लै छोडेर जाऊ फरक पर्दैन

यो जिन्दगीमा तिमी नआऊ फरक पर्दैन

____________

मेरो यो मुटु पत्थर भैसकेको छ हेर तिमी

तिमीले सम्झाऊ चाहे बुझाऊ फरक पर्दैन

____________

प्रबिधिको जमाना छ देशमा आजभोलि

कम्प्युटरबाट चल्ने मन बनाऊ फरक पर्दैन

_____________

उ बिना जिबन कटाउन सक्छु भन्छौं अरे

अन्त कतै माया-प्रेम लगाऊ फरक पर्दैन

_______________

झुक्न जानेकी छु अनि उठ्न जानेकी छु

मेरै बिपरितमा कदम उठाऊ फरक पर्दैन

________________

निश्चल कल्पीत

बाग्लुङ जलजला

Loading...

Related Articles

Back to top button
Close