समाचार

प्रेममा असफल भएपनि मागी विवाहबाट जीवनलाई सुखि बनाएकी यि हुन् बलिउड नायिका माधुरी दीक्षित

एनजेन्सी -बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित यतिबेला निकै चर्चामा रहेकी नायिका हुन् । उनलाई नचिन्ने सायद कमै होलान । आफ्नो छट्टै पहिचान बनाउन सफल भएकी उनले बालापनमानै नृत्यका लागि तालिम लिएकी थिइन् ।सानै उमेरमा पहिलो पटक आफ्नो प्रस्तुति देखाएकी थिइन् । जब उनले प्रस्तुति देखाइन् दर्शकको ध्यान उनितिरनै तानिएको थियो । उनले सानो उमेर मानै कला देखाएपछि उनकी आमाले उनलाई झनै प्रोत्साहित गरिन् ।

डान्स कक्षाले मलाई कसरी करिअर अगाडि बढाउन सघायो, मैले ३ वर्षको उमेरमा नै कथक नृत्य सिक्न थालेकी थिएँ ।’माधुरी ति छोटि बालिकाको अत्याधिक राम्रो प्रस्तुति देखेर आफुले पनि बाल्यकाल सम्झेको बताइन् । उनि फिल्म कलंमा पनि अभिनय र र दमदार नृत्यबाट दर्शकको ध्यान खिचेकी थिइन्।उनि फिल्म कलंक पछाडि सानो पर्दामा पनि देखिने भएकी छिन् । बेलाबेलामा उनले आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हु्न्छिन् ।

उनि कुनै समय बलिउड नायक संजय दत्तसंग प्रेममा परेकी थिइन् । तर संजय आतंकवाद मुद्दामा संजय जेल परेपछि माधुरीको प्रेम टुटेको थियो। माधुरीले सन् १९९९ मा एक भारत बाहिर बस्ने एनआरआईसँग विवाह गरेकी थिइन्। उक्त विवाह पनि मागी रहेको थियो। उनले संजय दत्तसंग प्रेम गरेपनि विवाह भने हुन सकेन र त्यसपछि उनिहरु अलब अलग बाटो भए ।

Loading...

Related Articles

Back to top button
Close