समाचार

कुलमानको कमाल, भारतको विहारमा बेचियो नेपाली विजुली

काठमाडौं, ३ मंसिर । नेपालमा बिजुलीको उत्पादन बढ्दै गएपछि भारतबाट आयात हुने बिजुलीको परिमाण निरन्तर घट्न थालेको विद्युत प्राधिकरणले जनाएको छ । अहिले भारतवाट दैनिक डेढ घण्टा मात्र विजुली आयात गरिएको छ । कुनै बेला दैनिक १८ घण्टा लामो लोडसेडिगं भोग्दै आएका काठमाडौंका बासीन्दा अहिले निरन्तर विजुली बाल्न पाइरहेका छन् ।

त्यो पनि भारतवाट आयात गरिएको विदुली घट्दो क्रममा छ । आजकाल साँझ दैनिक एक-डेढ घन्टामात्र बिजुली आयात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। उनले जाडो सुरु भएपछि आयात केही बढाउनुपर्ने हुनसक्ने बताए । गत वर्ष नेपालले भारतबाट २२ अर्ब रुपैयाँ बराबरको बिजुली आयात गरेको थियो।

यो वर्ष आयात आधाले घटाउने लक्ष्य प्राधिकरणले लिएको छ। ‘अघिल्लो वर्षभन्दा यो वर्ष एक तिहाइ घट्ने भएको छ । तर प्राधिकरणले आधा घटाउने लक्ष्य लिएको छ । सरकारी र निजी क्षेत्रबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रम जारी रहेकाले लक्ष्य पुराहुने उनले बताए । गत जेठमा प्राधिकरणले निर्माण गरेको त्रिशुली थ्री ए प्रसारण लाइनमा जोडिएको थियो। सो परियोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारबाटै गरे।

अहिले पनि नेपालले दैनिक रूपमा धेरै भएको बिजुली भारतको बिहारमा बेच्ने गरेको छ। कतिपय ठाउँमा बिहारबाट बिजुली आयात पनि हुन्छ। बिहार विद्युत बोर्डसँग बिजुली लेनदेन गर्ने सम्झौता छ। त्यसैअनुसार नेपाल र बिहारले आवश्यकताअनुसार बिजुली लेनदेन गर्छन्।

Loading...

Related Articles

Back to top button
Close