समाचार

रामेछाप जीप दुर्घटना : २ जनाको मृत्यु, दर्जन घाइते [नामवलीसहित]

काठमाडौ. । यात्रुले खचाखच भरिएको जीप दुर्घटनामा परेको छ । रामेछापको दोरम्बा गाउँपालिकामा बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जानकारी अनुसार दुर्घटनामा दोलखा जिल्ला शैलुङ गाउँपालिका–८ कि १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवंम् प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।

दोरम्बा गाउँपालिका(२ ढाक्रेबासबाट दोलखाको भैंसे जाँदै गरेको बा १३ च ७०९५ नम्बरको बोलेरो जीप सोमबार साँझ पौने ६ बजे दुर्घटना भएको हो । यादवका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा दोलखा सैलुङ गाउँपालिका–८ बस्ने विमला श्रेष्ठ, युनिष श्रेष्ठ, मनकुमारी श्रेष्ठ, सुक्रिया श्रेष्ठ, सुविर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, मनलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर श्रेष्ठ, लालमाया श्रेष्ठ, इच्छा श्रेष्ठ,दिपु श्रेष्ठ र धनलक्ष्मी श्रेष्ठ रहेका छन् । घाइते हुनेहरु सबै सैलुङ गाउँपालिका एकै वडाका व्यक्तिहरु रहेका छन् ।

Loading...

Related Articles

Back to top button
Close