भिडियो

धादिङबाट आयो अहिलेसम्मकै दर्दनाक भिडियो बुवाले छोडेर गए,आमा कहिले हो थाहा छैन यी बच्चाको भयो बिचल्ली [ भिडियो सहित ]

धादिङबेसीबाट ७ किलोमिटर कच्ची सडकको यात्रा पुरा गरेपछि नीलकण्ठ १२ को आगेटारीमा पुगिन्छ ।

आगेटारीमा झण्डै तीस, पैतीस घरहरुको एउटा मगर बस्ती छ । भूकम्पपछि बनेका नयाँ नयाँ घरहरु सडकबाटै देखिन्छ । त्यही नयाँ घरहरुको बीचमा एउटा जस्ताको टहरा छ ।

टहराको पूर्व र पश्चिम दुवैपटि ढोका छ । पूर्वपट्टि रहेको ढोकाको छेउमै काठको फलेकले बनाइएको खाटमा सुतेकी थिइन् लक्ष्मी मगर । कि रियापु त्रीको सेतो पोशाकमा रहेकी लक्ष्मीले आँखा झि मिक्क पनि गरेको देखिँदैन ।

मानसिक र शारीरिक दुवै सम स्याबाट पी डित बनेकी लक्ष्मीको मुखबाट शब्द निस्किँदैन, हातखुट्टा चल्दैन, दि शापि साब गरेको पनि चाल पाउँदिनन् । रसिला आँखा लिएर लम्पसार परेकी लक्ष्मीको अनुहारमा निराश देखिन्छ । सायद, उनका वरीपरि भएका घटनाहरु लक्ष्मीले केही बुझेकी छिन् ।

लक्ष्मीको छेउमै रहेको टहराको पूर्वी ढोकामै म्याट ओछ्याइएको छ । त्यसमा लक्ष्मीका १० वर्षका छोरा कि रियापु त्रीको सेतो पोशाकमा छन् । उनको हातमा एउटा सानो खेलौना बल छ । उनी त्यहि बललाई भुइँमा तलमाथि गर्दै खेलिरहेका छन् ।

टहराको पश्चिम पट्टि रहेको ढोका भित्र खाटमा बसेर दुई बालिका पढिरहेका छन् ।

खाटमा बसेर पढीरहेकी ७ वर्षीया बालिका सोमकुमारी ( कान्छी) १२ वर्षीया करिना(जेठी) र बाबुको किरीया बसिरहेका १० वर्षका काजी मगर लक्ष्मीका छोरा, छोरी हुन् ।

२०७१ सालदेखि मानसिक र शारीरिक दुवै रोगले थलिएकी लक्ष्मीको उपचार गर्दा गर्दै उनका पति यमबहादुरले ह रेश खा एर मृ त्युको बाटो रोजे । यमहबादुरले कात्तिक २० गते आ त्मह त्या गरे ।

शनिबार दिउँसो धादिङ पुग्दा प्यारलाइसिस भएकी ३३ वर्षीया लक्ष्मी र १० वर्षका काजी तीन दिनदेखि कि रियापु त्रीको सेतो पोशाकमा थिए ।
‘मलाई भो क लाग्यो’ बाबुको किरियामा बसेका काजीले दिदीसँग खानेकुरा मागे ।

‘आज खा नु हुँदैन, अब भोलि बुबाको १२ दिन पुग्छ, अनि खाउँला ।’ करिनाले भाइलाई सम्झाइन् ।

बाबुको किरिया बसेका १० वर्षका काजी बेला बेलामा भोक लाग्यो भन्छन् । करिना भाइलाई सम्झाउँछिन् ।

‘भाइले तीनदिनदेखि खाना खाएको छैन, भोक लाग्यो खानेकुरा देउ भनिरहन्छ,’ करिनाले खबरहबसँग भनिन्, ‘भोलि बुबाको १२ दिन पुग्छ, त्यसपछि मात्रै खान मिल्छ भनेर सम्झाउँछु ।’

यमबहादुरको मृ त्युपछि उनकी १२ वर्षीया जेठी छोरी करिनाको था प्लोमा जिम्मेवारीको थुप्रो लागेको छ । ७ कक्षामा पढ्दै गरेकी करिना बाबुको किरिया शुरुभएदेखि स्कुल जना पाएकी छैनन् ।

करिना बिहान ६ बजे उठ्छिन् । घर सफा गरेर, खाना बनाउँछिन् । आमाको मुखु धोइदिन्छन्, दि सापि साब सफा गरिदिन्छन् । करिनाले आमाको एकोहोरो बोली भने कहिलेकाही सुनेकी छन् ।

‘ममी ३ वर्ष नै भइसक्यो बोल्न छाड्नुभएको, दि शापि साब मैले आफै सफा गर्छु,’ करिनाले खबरहबसँग भनिन्, ‘ममीले कहिले काही नानी मात्र भन्नुहुन्छ, दोहोरो कुरा चाँही हुँदैन ।’

बाबुको मृ त्युपछि आमाको सम्पूर्ण स्याहार र भाइबहिनीको लालनपालनको जिम्मेवारीमा ज वर्ज स्ती होमिएकी करिना आमालाई निको भएको हेर्न चाहन्छिन् ।

आमाले पकाएको खाना खाएर, स्कुल जाने रहर छ करिनालाई । तर बाध्यता उनी आमाको स्याहार गरेर बिहान बेलुकाको छाक पूरा गर्ने विषयमा मात्र सोच्न भ्याउँछिन् ।

‘बुबाहुँदा पनि ममीको दि सापिसा ब मैले नै सफा गर्दिन्थे, काम भ्याएमात्र स्कुल जान्थें,’ करिनाले भनिन्, ‘ममीलाई ठिक भइदिए त म नियमति स्कुल जान पाउँथें ।’

लक्ष्मीको खाट अगाडि केही छिमेकी र आफन्तहरु बसिरहेका थिए । लक्ष्मीको घरमा पुग्नेहरलाई लक्ष्मीको अवस्था र घटनाबारे त्यही आफन्तले जानकारी दिन्छन् ।

Loading...

Related Articles

Back to top button
Close