समाचार

प्रधानमन्त्री ओलीले भारतीय सेना फिर्ता लैजाउ भनेकै भोलीपल्ट नेपाल आए मोदीका दुत, ओली, प्रचण्ड र देउवासंग कुराकानी हुँदै

काठमाडौं, २ मंसिर । भारतले नेपाली भूमीलाई समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा भएको गतिविधिबीच भारतवाट पूर्वराजदुत नेपाल आएका छन् । भारतले सिमाना मिचेर नयाँ नक्सा जारी गरेपछि यहाँ भारत विरुद्ध प्रदर्शन भइरहेका छन् । नेपाल–भारतबीचको सीमा विवादका कारण आएको सम्बन्धमा चिसोपनाका कारण भारतीय पूर्वराजदूत श्याम शरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर काठमाडौं आउएका छन् ।

नेपालको कालापानी लगायतका क्षेत्र समेत समेटेर भारतले नयाँ नक्सा जारी गरेको छ । भारतले नेपाली भूमी अतिक्रमण गरेपछि बढेको आक्रोशकाबीच श्याम शरण काठमाडौं आएका हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर काठमाडौं आएको बताइएको छ । भारतले राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा समावेश गरेपछि यहाँ भारत विरोधी प्रदर्शनहरु भएका छन् । भारतीय सिमानामा विद्यार्थी संगठनहरुले प्रदर्शन समेत गरेका छन् । उनीहरुले भारतीय पक्षले राखेका केही ब्यानर र वोर्डहरु समेत निकालेका छन् । कतिपय सिमानामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन समेत भएको छ ।

हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान सार्वजनिक अपिल गरेका थिए । उनले नेपालको एक इञ्च जमिन पनि अतिक्रमण हुन नदिने भन्दै नेपाली भूमीमा राखिएको भारतीय सेना फिर्ता लैजान समकक्षीलाई सार्वजनिक अपिल गरेका थिए । सन् २००४ देखि २००६ सम्म विदेश सचिव हुनुभएका शरण नेपालका लागि भारतको राजदूत समेत थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Loading...

Related Articles

Back to top button
Close