मनोरंजन

नायिका शिल्पा पोखरेल जुनसुकै बेला पक्राउ पर्न सक्ने

काठमाडौं / नायिका शिल्पा पोखरेलले आफुलाई पक्राउ नगर्न भनेर हालेको मुद्धा सर्वाेच्च अदालते खारेज गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले मंगलबार पोखरेलको रिट खारेज गर्ने निर्णय गरेको हो ।

नायिका पोखरेलको निवेदन खारेज भएसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको छ । छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो

जिल्ला अदालतले पुर्जी जारी गरेपछि नायिका पोखरेलले उच्च अदालतमा पक्राउ पुर्जी खारेज गर्न निवेदन दिएकी थिइन् । गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

सो आदेशविरूद्ध उनले आफ्नो वारेसमार्फत गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन । सो रिट पनि खारेज भएको हो ।

Loading...

Related Articles

Back to top button
Close