समाचार

चलचित्र ‘शत्रु गते’ युट्युबमा…

काठमाण्डौ / २ वर्षअघि सिनेमा घरमा प्रद’र्शन आएको फिल्म “स’त्रु गते”लाई अब भने युट्यु’बमा हेर्न पाईने भएको छ । प्रदर्शन पश्चात् सिनेदर्शकको मन जितेको फिल्म’ले प्रदर्शन अ’गाबैदेखी चर्चा’मा थियो ।चर्चित कलाकारहरूको जम्बो टोलि फिचर्ड भएको फिल्मलाई मह संचारको ब्यानरमा निर्माण गरिएको हो । फिल्मको “रुपै मोहनी” बोलको गीतका कारण हाईप झनै बढेको थियो ।

फिल्मलाई ‘जात्रा’ फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।

फिल्मलाई युट्युबमा सार्बजनिक गरिने कुरा फिल्मका पटकथाकार तथा कलाकार दीपकराज गिरिले आफ्नो फेसबुकबाट गराएका हुन् ।यो संगै उनले यसपछि “छक्का पन्जा ३” को पालो भनेर लेखेका छन् । तर सो फिल्म कुन मितिमा युट्युबमा आउने भन्ने कुरा भने खुलाएका छैनन् ।फिल्म “सत्रुगते” लाई भोलि अर्थात कार्तिक २६ गते ओएसआर नामक युट्युब च्यानलबाट सार्बजनिक गरिने तयारी भएको हो ।

Loading...

Related Articles

Back to top button
Close