भिडियो

कालापानी लिपुलेक राखेर अब नेपालले नक्सा निकाल्नु पर्छ, भारतीय सेनालाई लखे’ट्नु पर्छ-[ भिडियो हेर्नुहोस ]

भारतले हालैमात्र आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । जसमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश छन् ।नेपालको भूमिलाई आफ्नो नक्सामा राखेपछि यसको नेपालका सत्तारुढ, वि’पक्षी, अन्य राजनीतिक दल र विभिन्न समूहबाट वि’रोध भइराखेको छ । सरकारले कालापानी नेपालकै भूभी भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साकाप्रति आपत्ति जनाइसकेको छ । भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक वि’रो’ध च’र्किएपछि बिहीबार भारतले नक्साबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालसँगको सी’मा परिमार्जन नगरेको भारतको दा’बी छ । नक्सामा नेपाली भूमि नसमेटिएको उसको भनाइ छ ।

भारतले आफ्नो स्पष्टिकरणमा सीमा वि’वादमा दुई देशको संयन्त्रमार्फत समाधान गर्न सक्ने बताएको छ । तर भारतको यस्तो स्पष्टिकरण प्रतिवाद मात्र भएको पूर्वनेपाली राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन् । ‘कालापानीको सी’मा वि’वाद बोरे भारतको स्पष्टिकरण झन् ख’तर’नाक छ,’ श्रेष्ठ भन्छन्, ‘भारतको यस्तो जवाफ कालापानी पहिले पनि आफ्नै रहेको र अहिले पनि आफ्नै भएको अ’डान लिनु हो ।’यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

चीन र भारतको प्रतिस्पर्धा र प्रतिद्वन्द्वमा कालापानीको भूराजनीतिक र र’णनीतिक महत्व छ । नेपालका लागि कालापानी राष्ट्रिय सीमाको अ’तिक्र’मण हो । सरकारको पहिलो प्राथमिकता आफ्नो क्षेत्रीय अखण्डतालाई जोगाउनु हो । यसका लागि सीमा अ’तिक्र’मण रोक्नै पर्छ । तर यो काममा नेपाल सरकार कमजोर देखिन्छ। वि’वादित स्थानमा भारतीय सेनाले अ’ड्डा जमाएर बसेका छन् । नेपालले ती सेनालाई आफ्नो सी’माबाट फर्काउन सकेको छैन । श्रेष्ठ भन्छन्, ‘सेना फर्काउन नसकेकै कारण भारतीय सेनाकोक’ब्जामा रहेको कालापानी अहिले भारतकै नक्सामा गा’भ्ने दु’स्प्रयास भयो ।’

भारतले नयाँ नक्सा निकालेपछि चर्किएको वि’वादमा छलफल गर्न प्रधानमन्त्रीले शुक्रबार साँझ सर्वदलीय बैठक बोलाएका छन् । अब नेपाल भारतबीच दुई पक्षीय वार्तापनि हुनु पर्ने त्यसपछि सी’माबाट भारतीय सेना फर्काउनु पर्ने श्रेष्ठको भनाइ छ । ‘सी’मानाको काम भारतले सेनालाई दिएको छ । तर नेपालले घरजग्गा नाप्ने नापी विभागलाई दिएको छ । जुन असुहाउँदो छ’, उनी भन्छन्,‘नेपालको तर्फबाट पनि सी’माको जिम्मा सेनालाई दिनुपर्छ ।’

नेपाल र भारतको सी’मा सुरक्षामा तालमेल नमिलेकाले नै यहाँको राजनीतिक अस्थिरताको मौका छोपेर भारतले नेपालको सी’मा मि’च्दै आएको उनको भनाइ छ । (सी’मानाको काम भारतले सेनालाई दिएको छ । तर नेपालले घरजग्गा नाप्ने नापी विभागलाई दिएको छ । जुन असुहाउँदो छ, नेपालको तर्फबाट पनि सी’माको जिम्मा सेनालाई दिनुपर्छ ।
सरकार आज साँझ हुने बैठकमा सो बारे पनि छलफल होस !)

Related Articles

Back to top button
Close