भिडियो

आफ्नो कलेजो बुवालाई दान दिएर पुनर्जन्म दिने महान छोरी “शेयर गरौँ”

दुई वर्षअघि बुवाको मुख हेर्ने दिन थियो । सरिता महर्जनले केक ल्याइन् र हिराकाजीका अघिल्तिर राखिदिइन् । केकमा लेखिएको थियो, ‘न्यू लाइफ’ । अनि परिवारका सदस्यले ठूलो स्वरमा भने, ‘ह्याप्पी बर्थ डे टु यू ड्याडी ।’ बाबाको जीवनबाट खोसिएको खुशीलाई फिर्ता ल्याउने यो अर्को प्रयास थियो सरिताको ।

एक वर्ष बित्यो । फेरि बुवाको मुख हेर्ने दिन आयो । सरिताले उसै गरी केक लिएर राखिदिइन् । त्यसमा लेखिएको थियो, ‘सेकेन्ड इयर’ । तर, यसपटक सरिताले ‘थर्ड इअर’ तेस्रो वर्ष लेखेको केक अर्डर गरिनन् । आमाको निधनको शोकमा छिन् सरिता र बहिनी सरिला । मञ्जुको निधन भएको वर्ष दिन पनि बितेको छैन ।

सरिताले केक पो काटि्दनन्, तर बुवाको हेरचाह गरिरहेकी छिन् । दुई वर्षअगाडि आफ्नो कलेजो काटेर बुवालाई दिने आँट नदेखाएको भए हिराकाजी शायदै सरितासँग हुन्थे । अहिले लगनटोल, काठमाडाैंस्थित घरमा सरिता, उनकी बहिनी र हिराकाजी छन् । सरिताभन्दा पहिला दुई छोरी थिए, जसको अहिले बिहे भइसक्यो ।

हिराकाजीका अनुसार छोरा पाउने आशमा जन्मिएका थिए सरिता र सरिला । तर, अहिले गर्वसँग भन्छन्, ‘यिनीहरुले हाम्रा लागि जे गरेका छन्, त्यो छोराले पनि गर्दैन । त्यसैले यिनीहरु मेरा छोराहरु नै हुन् ।’ हुन पनि अहिले (कलेजो प्रत्यारोपण गरेको) ‘तेस्रो वर्ष’का हिराकाजी हट्टा-कट्टा छन् । कपाल छोटो बनाउँछन् ।


दाह्री सेभिङ गरेर नाक मुनी गुजुप्प जुंगा राख्छन् । जुंगा र कपालको रङ उस्तै देखिन्छ-कपालमा हिउँ छिर्किएजस्तो । हिराकाजी घरको भुइँतलामा मःमः बनाउँछन् । घरअगाडिको खाली ठाउँमा टेवल राखेर बेच्छन् । यही ठाउँमा ६२ वर्षअगाडि जन्मिएका थिए हिराकाजी । नेवार परिवारमा जन्मिएका उनका लागि मदिरा नौलो भएन ।

पास्नी गर्दा नै उनको जिब्रोले स्वाद पाएको थियो, तर युवा हुँदासम्म हुँदा खास पिएका थिएनन् । नेवारी खाजा पसल खोलेपछि अलिअलि पिउन थाले । अलिअलि गर्दागर्दा मदिराको लतमा डुब्न थाले । नेवारी लबजमा हिराकाजी सुनाउँछन्, ‘दिनभर काम गर्‍यो । थाक्छ, शरीर दुक्छ । खायो, घुप्लुक्क सुत्यो ।

Related Articles

Back to top button
Close