समाचार

यि नै हुन् ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका विद्यार्थी नेता पदम

काठमाडौँ – बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक विद्यार्थी नेताको ज्यान गएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यार्थी नेताको ज्यान गएको हो। ज्यान गुमाउनेमा विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाही रहेका छन्।

कारसँग मोटरसाइकल ठोक्किँदा चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको भएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए ।

उनका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

यस्तै कोहलपुरमा भएको अर्को दुर्घटनामा परी अर्का एक घाइते भएका छन्। शम्शेरगञ्जतर्फ जाँदै गरेको अटोरिक्सालाई गएराति ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालक गम्भीर घाइते भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमका अनुसार, ट्रकको ठक्करबाट राप्तीसोनारी– ८ की धनसरा बुढा घाइते भएका छन् । घाइतेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close