भिडियो

जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सिको अभिनयमा ‘रनभुल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । टिकटक बाट सेलिब्रेटी बनेका २ सुन्दरी जुम्ल्याहा दिदी बहिनी प्रिज्मा खतिवडा प्रिन्सी खतिवडाको अभिनयमा रहको नयाँ गीत ‘रनभुल’ सार्वजनिक भएको छ । गीतको भिडियो मा जुम्ल्याहा दिदीबहिनी सँगै सक्किगोनी हास्यटेलिसिरियलका चर्चित कलाकार सागर लम्साल बले र अर्का मोडल मन्जिलको अभिनय रहेको छ । यस गीतमा स्वर तिलक बस्नेत र गायिका मेलिसा आले मगरको रहेको छ । गीतमा शब्द सन्तोष सुनारको रहेको छ ।

गीत 8K एभरेस्ट मोसनको युटुव च्यानल मार्फत यही शुक्रवार सार्वजनिक भएको हो । प्रेम र रोमान्सको भाव बोकेको यस गीतको भिडियो मा नायक मन्जिल बस्नेत, भद्रगोल सिरियलबाट चर्चामा आएका सागर लम्साल बले र टिकटक मार्फत भाइरल भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय र नृत्य रहेको छ । राम कुमार केसीको छायाङ्कनमा तयार भएको भिडियो लाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका हुन् ।हेर्नुहोस् पूरा गीत भिडियो मा।

Related Articles

Back to top button
Close